काठमाडौं- वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई म्यानपावर व्यवसायीमार्फत भिजिट नेपाल २०२० लोगो अंकित टिर्सट र क्याप प्रदान गरिने भएको छ।
नेपाल सरकारले पर्यटन प्रवर्द्धनका लागि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लोगो अंकित टिर्सट र क्याप म्यानपावर व्यवसायीमार्फत प्रदान गरिने वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए।
त्यस्तै इजाजतप्राप्त म्यानपावर व्यवसायीहरुले आ-आफ्ना कार्यालयमा प्रयोग गरिने लेटरप्याड, भिजिटिङ कार्ड लगायत सामग्रीमा समेत नेपाल भ्रमण वर्षको लोगो राख्नुपर्ने भन्दै म्यानपावर व्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यवासायी संघले सूचना जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।