• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा : गुट च्यापेर गुटकै चिन्ता

64x64
किशोर दहाल बुधबार, पुस २, २०७६  १०:३१
1140x725

काठमाडौं- 'पार्टी संस्थागत छैन। बरु विभिन्न प्रकारका गुटहरू झाँगिदै जान थालेका छन्। पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेको छन्। पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ। पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ', नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको तर्फबाट प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा चिन्ता व्यक्त गरिएको छ।

नेताहरुले नरम भाषामा विचार समूह भन्ने गरेको गुट संस्कृति सबै पार्टीभित्र देखिन्छ। पार्टीभित्र विचार समूहहरु हुने, त्यसबीचमा हुने टकरावले वैचारिक मन्थन हुने र अगाडिको बाटो पहिल्याउन सहज हुने हुँदा विचार समूहहरुलाई कम्युनिस्ट पार्टीका नेताले सकारात्मक नै मान्छन्। बेलाबखत त्यसले राम्रै परिणाम पनि दिएको हुन्छ। जस्तो कि, तत्कालीन नेकपा माओवादीमा प्रचण्ड र बाबुराम भट्टराई बीचमा अगाडिको कार्यदिशा कस्तो हुने सन्दर्भमा भएको कठोर मन्थनले माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्यायो र लोकतान्त्रिक गणतन्त्र स्थापनामा सहयोग पुग्यो।

कम्युनिस्ट पार्टीको इतिहासमा यस्ता कैयौं उदाहरणहरु छन्, जसले गर्दा बढी व्यवहारिक र समायानुकूल बाटो तय गर्न सहयोग पुर्‍याएका छन्। त्यस्ता आन्तरिक संघर्ष र मन्थनको केन्द्रमा विचार हुनेगर्थ्यो। निश्चित कार्यदिशा हुनेगर्थ्यो।

तर, स्थायी कमिटीमा प्रचण्डले पेश गरेको प्रतिवेदनमा वैचारिक संघर्षको कुनै झल्को छ त? छैन। उनको चिन्ताको अन्तर्य पार्टी कस्तो बनाउने, कुन बाटो हिँड्ने र के प्राप्त गर्ने कुरामा होइन, गुटका कारण घात, प्रतिघात र अराजकता बढ्यो भन्ने छ।

प्रतिवेदनमा चित्रण गरिएजस्तो परिस्थिति सिर्जना हुनुमा अध्यक्षद्वय स्वयं पनि जिम्मेवार छन्। नेकपाभित्र आफ्नो स्वार्थ पूरा गर्न, आफ्नो आगामी दिन सुरक्षित बनाउन, आफू निकटका नेताहरुलाई अवसर दिलाउन दुवै नेताले प्रशस्त बल लगाएका छन्।

यद्यपि, प्रतिवेदनमै उल्लेख भएर आएको हुनाले गुटमाथिको आन्तरिक चिन्ता र बहसलाई वैधानिकता प्राप्त भएको छ। यसले सहज निकासको खोजी गर्ने अपेक्षा गर्न सकिन्छ।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल अध्यक्षद्वयको प्रतिवेदनमा उल्लेखित गुट चिन्तालाई भने सकारात्मक ठान्छन्। 'उहाँहरु त्यही ठाउँमा आउनुभयो, जुन कुरा विगतमा अरुले उठाइरहेका थिए। पार्टीभित्र गुटबन्दी छ, एकता छैन, विधान उल्लंघन गर्‍यौं, समयमा बैठक बसाउन सकेनौं भन्ने स्वीकारोक्तिमा अहिले उहाँहरु आउनुभएको छ', उनी भन्छन्, 'त्यसले कम्तिमा पार्टीभित्रको समस्यालाई पहिचान गरेको छ।'

गुटको असर
गत कात्तिक १८ गते बसेको सचिवालय बैठकले रिक्त सातै प्रदेशको प्रमुखको नाम चयन गर्‍यो। सचिवालयबाट नामलाई अनुमोदन गर्नुअघि अध्यक्षद्वय ओली र प्रचण्डले त्यसमा सहमति जुटाएका थिए। बैठकमा नेता नेपालले आफ्नो तर्फबाट पनि केही नाम सिफारिस गरेका थिए। तर, पहिल्यै सहमतिमा पुगिसकेका अध्यक्षद्वयले नेता नेपाललाई सुनेनन्। आफू अनुकूल अघि बढे।

Ncell 2
Ncell 2
nimb
nimb

सचिवालयबाट गरिएका यस्ता धेरै निर्णयहरु छन्, जसमा एक पक्षलाई पेल्ने रणनीतिक अख्तियार गरिएको छ। जसका प्रति सचिवायकै नेताहरुले असन्तुष्टि व्यक्त गर्ने गरेका छन्।

तर, यो प्रवृत्ति नेकपा गठन भएपछि मात्रै सुरु भएको भने होइन। पूर्व एमाले र पूर्व माओवादी केन्द्रमा पनि थियो।

प्रदेश ३ का लागि मुख्यमन्त्रीको नाममाथि चर्चा हुँदैगर्दा धेरैले अष्टलक्ष्मी शाक्यलाई सम्झेका थिए। उनको सम्भावना पनि उच्च नै थियो। तत्कालीन एमालेकी उपाध्यक्ष समेत रहेकी उनी वाम गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्दै गरेका अन्य ५ प्रदेशका सबैभन्दा उच्च तहकी नेता थिइन्। अर्कोतिर, वाम गठबन्धनले सरकार बनाउँदै गर्दा ६ प्रदेशमध्ये कुनै प्रदेशमा त महिला नेतालाई पनि स्थान दिइएला भन्ने ठानिएको थियो। तर, भएन। रातारात डोरमणि पौडेल उभ्याइए। चुनावमार्फत उनी नै संसदीय दलका नेता बने। मुख्यमन्त्री बने।

'गुटकै कारण कतिपयको योगदान, त्याग र निष्ठालाई पार्टीले कदर गर्न सकेन। पुरानो नेताहरुले अपमानित महसुस गरिरहेका छन्। तर आफ्नो गुट भएपछि क्षमता होस् वा नहोस्, त्याग होस् वा नहोस्, टपक्क टिप्ने काम भएको छ। ठाउँमा लग्ने काम भएको छ', शाक्य भन्छिन्, 'यो खालको स्थितिले कम्युनिस्ट पार्टी बलियो हुनसक्दैन।' (शाक्यसँगको अन्तर्वार्ताको पूरा अंशका लागि प्रतीक्षा गर्नुहोस्।)

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेकपा गठन भएपछि भने पार्टीभित्र जिम्मेवारी दिने कुरामा धेरै नयाँ अवसरहरु सिर्जना भए। गुटलाई संरक्षण गर्ने र अवसर दिने ठाउँहरु पनि सिर्जना भए।

यसअघिको स्थायी कमिटी बैठकमा योगेश भट्टराईले त अध्यक्षले नै गुटबन्दी गरेको बताएका थिए। उनले पार्टी एकताका नाममा फरक मत राख्नेहरुलाई लखेटिएको आरोप लगाएका थिए। ‘एकताका नाममा फरक विचार समूहका नेतालाई लखेट्ने र सिध्याउने काम भइरहेको छ। मान्छे त लखेट्नु होला तर ती मान्छेको भूतले सपनामा पनि लखेट्छ, चैनसँग सुत्न पाउनहुन्न', विशेषगरी ओलीलाई लक्षित गर्दै उनले भनेका थिए।

उनले तत्कालीन एमालेको महाधिवशेनबाट निर्वाचित पार्टी सचिव र प्रचार विभाग प्रमुख भएकाले मात्र नेकपामा पनि आफू स्थायी कमिटीमा भएको तर एमालेको नेताहरूबाट छनौट हुने व्यवस्था भएको भए आफू सो कमिटीमा हुँदैनथें भन्दै आक्रोश पोखेका थिए।

अर्का नेता घनश्याम भुसालले पार्टीभित्र थुक, रगत, खकार, वीर्य परीक्षण गरेर मेरो गुटको हो कि होइन भनेर छुट्याउने काम भइरहेको बताएका थिए।

आक्रोश पोख्ने दुवै नेताहरु अहिले मन्त्री भइसकेका छन्। र स्थायी कमिटी बैठकमा पनि तुलनात्मकरुपमा नरम धारणा राखिरहेका छन्। तर, नेकपाको गुट राजनीति र चिन्ता कम भएको छैन। अन्य नेताहरुले त्यसलाई उठाइरहेका छन्। सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतकाले गुटको असरबारे जोड दिएर बोलेका छन्।

गुटको विरासत 
नेकपामा पूर्व एमाले र पूर्व माओवादी केन्द्र गरी ठूलो आकारका दुई गुट हुने नै भए। फरकफरक राजनीतिक स्कुलिङबाट आएका र विगतमा एक अर्कालाई निषेध गरेर अघि बढेका शक्ति भएकाले त्यो कति लामो समय रहन्छ, त्यसको निश्चित समय हुँदैन। तर, नेकपामा छाएको गुट चिन्ताको कारण त्यतिमात्र भने होइन। नेकपाभित्र मुख्य नेतैपिच्छेका आफ्ना आफ्ना गुट छन्। त्यही गुट देखाएर अवसर लिने प्रवृत्ति छ।

नेकपा सचिवालयमा पूर्व एमालेका तर्फबाट ६ जना नेताहरु छन्। माओवादी केन्द्रका तर्फबाट ३ जना छन्। ती सबैका साना ठूला समूहहरु छन्। मुख्यगरी केपी ओली, माधव नेपाल, वामदेव गौतम, प्रचण्ड, बादल तथा नारायणकाजी श्रेष्ठका प्रभावशाली समूह छन्। झलनाथ खनालको पक्षमा ठूलो समुह नदेखिएता पनि पूर्व प्रधानमन्त्री हुनुको नाताले उनी आफैं पनि एउटा समूह हुन्।

पार्टीभित्रको संरचनामा ओली र नेपालको शक्ति झन्डै उस्तै हो। उनीहरु एमालेको पछिल्लो महाधिवेशनमा समूह बनाएरै चुनाव लडेका थिए। त्यो शक्ति संरचनामा खासै फेरबदल आएको छैन। कुनै चर्चित नेताले गुट फेरेको पनि छैन। माधव नेपालले लामो समयसम्म पार्टीको नेतृत्व गर्दा उनी नजिकका साथीहरु धेरैजसो अहिले पनि उनीसँगै छन्। त्यतिबेला पेलानमा परेका ओली र उनले संरक्षण गरेको समूह पनि यथावत् नै छ। त्यसैले पूर्व एमालेको मुख्य दुई धारको विरासत लामो समयदेखिकै हो।

पूर्व एमालेमा नेता गौतमको समूह पनि यथावत् नै छ। पूर्व एमालेमा उनले जता साथ दियो, सोही शक्ति बलियो हुने स्थिति थियो। अहिले पनि उनको समर्थन र विरोधले अर्थ राख्ने गर्छ। अर्थ राख्ने भएरै उनलाई विधान संशोधन गरेर उपाध्यक्ष बनाउन खोजिएको हो।

शाक्य पार्टीमा लामो समयदेखि गुट उपगुट रहेको र त्यसलाई पार्टीलाई नोक्सान पुर्‍याएको बताउँछिन्। 'गुट अन्त्य गर्न पार्टी पंक्तिलाई विचारबाट प्रशिक्षित गर्नुपर्छ। विधि र विचारबाट पार्टी चलाउनुपर्‍यो', उनको सुझाव छ।
पूर्व माओवादीमा पनि यस्ता प्रवृत्ति थियो। तर, अन्य सहयात्रीले छाड्दै गएका कारण त्यहाँ प्रचण्डको एकल निर्णय चल्ने गर्थ्यो। र अन्य गुट पनि धेरै शक्तिशाली नभएकाले धेरै असन्तुष्टि भने बाहिर आउँदैनथ्यो। तर पनि, माओवादी प्रत्येक पटक सरकारमा जाँदा नारायणकाजी श्रेष्ठका तर्फबाट गिरिराजमणि पोखरेलले अवसर पाउने गरेका छन्। पछि माओवादीमै मिसिन आइपुगेका बादलको समूहको गुट पनि त्यहाँ यथावत् नै छ। प्रचण्डले सरसल्लाह लिने र अवसर दिने समूह पनि निश्चित छ। उनी नेकपाजस्तो ठूलो पार्टीको कार्यकारी अध्यक्ष भइसक्दा पनि आफू निकटका नेताहरुलाई निवासमा बोलाएर छलफल गरिरहन्छन्।

पूर्व पार्टीमा रहेको गुट र तिनैलाई अवसर दिइरहने प्रवृत्तिले नेकपामा गुटहरु भत्काउन कुनै पहल नभइरहेको जस्तो देखिन्छ। शीर्ष नेताहरु नै अरुको गुटतिर औंला देखाएर गरेर आफ्नो गुटलाई मलजल गरिरहेका छन्। परिणामतः नेकपा गुटहरुको पुञ्जजस्तो देखिन थालेको छ। तर, गुटको केन्द्रमा कुनै वैचारिक संघर्ष र फरक मत छैन। स्वार्थ केन्द्रित निर्णय र अवसरको सुनिश्चितता छन्।

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्