• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दाइजोले मात्र जोडिन्छ छोरी-ज्वाईंको सम्बन्ध

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३०, २०७६  ०६:०१
1140x725

इटहरी- चोयाको ढाकी टाउकोमा राखेर एक महिला गाउँ चहारिरहेकी छिन्। अग्लो कदकी ती महिला ‘काँचका चुरा, नयाँ चुरा’ भन्दै घरको आगनसम्म पुग्छिन्। त्यत्तिकैमा एउटा छाप्रोको वरीपरी ५/६ महिला गफिँदै गरेका हुन्छन्। उनी पनि त्यही पुग्छिन्। प्रायः सबैले चुराको मोल तोक्दै साईज मिलाउँछन्। तर किन्ने आँट कसैले गर्दैनन्। चुरा बिक्दै नबिक्ने भएपछि कम दाममै दिन्छु भन्छिन् उनी।

ती गाउँका महिला पनि चुरा किन्न र लगाउन त खुब मन गर्छन्। तर नयाँ कपडा र चुरा किन्ने औकात पुग्दैन उनीहरूको। छोराछोरीको कापीकलम किन्न नसकेर स्कुल पढाउन नसक्ने उनीहरूको कथा छुट्टैछ। अन्तिममा १६/१७ कि एक किशोरीले आधादर्जन चुरा किन्छिन्। त्यसैले ती महिलाको अनुहारमा एक लप्को मुस्कान भरिन्छ।

उनी पहिलाजस्तै चुरा बोकेर बाटो लाग्ने तरखरमा लागिन्। ती महिला सप्तरी हनुमाननगरकी समसुन खातुन हुन्। ५६ वर्ष पुगेकी उनी एकल महिला हुन्। यो उनको आफ्नो रोजाईको पेशा हैन, मात्र बाध्यता। त्योभन्दा बढी उनका श्रीमान्ले सुम्पेको नासो हो। श्रीमान बितेको ८ वर्ष पुरा भयो। उनका श्रीमान्ले गर्ने गरेको चुरा बेच्ने पेशा नै उनको हातमुख जोड्ने माध्यम बनेको छ। 

समसुन खातुन 

झट्ट हेर्दा बुढेसकालको कपालमा बैस भरेर सुकिली देखिन्छिन् उनी। ग्राहकसँग निक्कै हँसिली देखिन्छिन्। तर उनको हाँसोभित्रको दर्द बुझ्न जो कसैले मात्र सक्छ। फेरि बुझेर पनि टार्न सक्दैन। 

दुई छोरा र दुइ छोरीकी आमा हुन् समसुन। जेठो छोरा छुट्टिएर बजारमा कपडा सिलाउने काम गर्छन्। कान्छो छोरो भारतमा काम गर्न गएको ६ वर्ष भयो। गएदेखि अहिलेसम्म घर फर्केको छैन। जेठी छोरीको बिहे गरेको ९ वर्ष भयो। बिहे गरेर भारतको फारबिसगन्ज पुगेकी उनी घर नफर्ककेको पनि ६ वर्ष लाग्यो। 

अहिले उनको साथमा एउटी कान्छी छोरी छिन्। छोरी भएकैले सबैभन्दा ठूलो समस्या परेको छ उनलाई। दैनिक गुजारा चलाउनै गाह्रो भएका बेला छोरीको बिहेको उमेर घर्किसक्यो १५÷१६ वर्षमै बिहे गर्ने चलन भए पनि उनी १९ वर्ष पुगिसकिन्। तर बिहे गर्न सकेकी छैनन्। उनको सबैभन्दा ठूलो समस्याको पहाड भनेकै दाईजो हो। 

अहिलेसम्म ४ पटकसम्म छोरी आइसकेको उनी सुनाउँछिन्। तर कसैसँग पनि बिहे हुन सकेन। राज्यले दाईजो लिनुदिनुलाई अपराध मानेको छ। तर उनका लागि दाईजो दिन नसक्नु अपराधजस्तो भएको छ।

जेठी छोरीको विवाहमा जम्मा ३५ हजार ऋण लागेको थियो। त्यो सबै उनका श्रीमानले तिरिदिए। तर कान्छी छोरीको बिहे गर्ने बेला भइसक्दा पनि दहेजको जोहो गर्न सकेकी छैनन् उनले। 

Ncell 2
Ncell 2
nimb
nimb

कोसी किनारमा एउटा छाप्रो छ उनको। हुन त उनी मुस्लीम हुन् तर उनको छाप्रोको ढोकामा राधेश्यामको पहेँलो पर्दा सधैं झुण्डिन्छ।

समसुन खातुनको घर

१६ वर्ष कटेपछि गाउँभरि ‘छोरी नबिक्ने भइ’ भन्ने हल्ला चल्छ। गाउँभरि बदनाम हुन्छ। तर दहेजबिना बिहे पनि हुँदैन। कान्छी छोरीको बिहे गर्नसके ठूलैसमस्या समाधान हुनेछ उनको। दिनभरि चुरा बेचेर छाक टार्न मात्र सक्छिन् उनी। छोरीले अहिलेसम्म केही काम नगरेकाले घरैमा बस्छिन्। पढाउन पनि पैसा पुगेन। बरु बिहे नै गरिदिन पाए हुन्थ्यो भन्ने सोचमा छिन्। 

भित्री मधेसमा प्रेम गर्ने र भाग्ने चलन पनि देखिदैन। यदि कसैको त्यस्तो भए बिहेपछि पनि दहेज माग्ने चलन छ। दहेज नदिए छोरीलाई यातना दिने र माइती पक्षमा जाईलाग्ने प्रवृत्ति बढ्दो छ। 

एकछिन अगाडि खुसी देखिएकी उनी छोरीको कुरा आएपछि एकदमै भावुक भइन्। ‘छोरीका सादी नहुनी भ्यागेले सर !, अड्किएको बोलीमा उनले भनिन्, ‘बहुते दहेज मागैछे।’

Xtrem

Xtrem

अहिले उनकी छोरीको बिहे गर्न कम्तीमा पनि ३ लाख लाग्छ। गुजारामै सकस रहेको उनका लागि त्यो सपनाको कुरा हो। तर छोरीको बिहे नहुँदा समाजमा सुन्नुपर्ने अपशब्दले झनै उनको मुटु छेड्छ। त्यसैले होला उनी भन्छिन्, ‘गरिबको घरमा छोरी जन्मिनु पाप हो पाप।’ 

केही दिन अगाडि पनि सादीका लागि कुटुम्ब आएका थिए। पछि एउटा बाइक र १ लाख पैसा मागेपछि बिहे रद्द भएको उनी सुनाउँछिन्। समसुनको कुरा सुनिरहेकी सोही गाउँकी चम्पा ऋषिदेवले दहेजले धेरैको सादी नै हुन नसकेको थपिन्। पहिला खासै दहेज माग्दैनथे। तर अहिले दहेजविना सादी नै नहुने जमाना आएको उनले बताईन्। नेपाली केटाहरू सबै भारतमा रोजगारीका लागि जान्छन् र उतै बिहे गर्छन्। यता नेपालका चेलीसँग बिहे गर्न सबै भारतीय युवा आउँछन्। नेपाली युवासँग बिहे गर्दा खासै दहेजको समस्या नभए पनि भारतीयसँगको सम्बन्ध दहेजले नै निर्धारण गर्ने गरेको छ। 

उनै चम्पाकी छोरी पनि भर्खरै १४ लागिन्। दुइपटक कुटुम्ब माग्न आइसके। फेरि पनि कुरो त्यही दहेजमै गएर टुंगिएकोे छ। अब केही बर्ष यसैगरी बिहे टर्दै गयो भने चम्पाको पनि समसुनको जस्तै हालत हुनेवाला छ। 

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  ०६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ?
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्