• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारी कर्मचारीले लुकाए २५ सुनचाँदी पसलका गहना, कुन पसलबाट कति? [सूचीसहित]

64x64
हेमन्त जोशी आइतबार, मंसिर ८, २०७६  २०:०५
1140x725

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीले विभिन्न समयमा गरेका बजार अनुगमनका क्रममा नमूना परीक्षणका लागि भन्दै संकलन गरिएका सुनचाँदीका तयारी गहना नै गायब पारेको खुलासा भएको छ।

विभागको नेतृत्वमा गएको अनुगमन टोलीले विभिन्न स्थानका २५ सुनचाँदी पसलबाट नमूना परीक्षणका लागि भन्दै सुनचाँदीका तयारी गहना औंठी, तिलहरी, लकेटदेखि मंगलसूत्रसम्म गायब पारेको पाइएको हो। यसअघि नै विभागका कर्मचारीले सुन गायब पारेको विषय बाहिरिएको थियो। तर कति संख्या र परिमाणमा नमूना गरगहना गायब पारिएको भन्ने विषय सार्वजनिक भएको थिएन। 

व्यापारीको सुन गायब बनाउन वाणिज्य विभाग मात्र नभई जिल्ला प्रशासन कार्यालय बर्दियाका कर्मचारीको पनि संलग्नता देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाल लाइभलाई उपलब्ध गराएको विवरणअनुसार काठमाडौं, कास्की, बर्दिया र तनहुँका २५ सुनचाँदी पसलबाट नमूनाका रुपमा संकलन भएका सुनचाँदीका गरगहना फिर्ता भएका छैनन्। २०७३ सालदेखि २०७६ सालसम्मको विभिन्न समयावधिमा भएको अनुगमनका क्रममा विभागले नमूनाका रूपमा लिएको उक्त सुन फिर्ता नभएको महासंघले जनाएको छ। 

यो सुनचाँदी व्यवसायी महासंघसँग आबद्ध सुनचाँदी व्यवसायीको फिर्ता हुन बाँकी गरगहनाको मात्र तथ्यांक हो। रत्न आभूषण महासंघसँग सम्बन्धित सुनचाँदी व्यवसायीको फिर्ता हुन बाँकी गरगहनाको विवरण भने यसमा समावेश गरिएको छैन। 

अधिकांश सुनचाँदी पसलबाट औंठी, लकेटलगायत गरगहना नमूनाका रूपमा संकलन भएको देखिन्छ। महासंघले नेपाल लाइभलाई उपलब्ध गराएको गायब सुनसम्बन्धी विवरणअनुसार २०७५ साल चैत महिनामा काठमाडौंका विभिन्न स्थानमा भएको अनुगमनका क्रममा संकलित सुनचाँदीका गरगरहना फिर्ता भएका छैनन्।  

काठमाडौंको शाक्य ज्वेलर्स, इन्द्रचोक, न्यू कुमारी ज्वेलर्स एन्ड ह्यान्डिक्राफट, भेडासिं, शुभश्री ज्वेलर्स, कालीमाटी, श्रीसूर्य बहादुर शाक्य एन्ड सन्स, वटु, आरबी. डाईमन्ड,प्युखा र आरके ज्वेलर्स विशालबजारले गहना फिर्ता पाएका छैनन्। त्यस्तै, तनहुँका २ वटा सुनचाँदी पसलले आफ्ना गहना फिर्ता पाएका छैनन्। तनहुँको सीता सुनचाँदी पसलबाट क्वाइन औंठी र प्रेम सुनचाँदी पसलबाट गितरा औंठी नमूनाका रुपमा लिइएको र फिर्ता नभएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यसैगरी, २०७३ साल चैतमा कास्कीका ५ वटा सुनचाँदी पसलमा भएको अनुगमनका क्रममा लिइएका नमूना पनि वाणिज्य विभागबाट फिर्ता भएको देखिँदैन। काँस्कीको गोरखा एन्ड बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिबाट लकेट, दल बहादुर एन्ड सन्स सुनचाँदी पसलबाट क्वाइन औंठी, अर्जुन पुम्दी-भुम्दी सुनचाँदी पसलबाट फेन्सी औंठी, फेवाताल सन्तोष सुनचाँदी दोकानबाट १ जोर टप, र दी युनाइटेड गोल्डमार्टबाट डाइस फेन्सी औंठी नमूनाका रुपमा लिइएको थियो। २०७३ साल चैतमा भएको अनुगमनका आधारमा २०७४ माघमा  जिल्ला प्रहरी कास्कीले व्यवसायीहरूलाई पक्राउ गरेको भएपनि उनीहरूको सामान भने फिर्ता नभएको महासंघले जनाएको छ।

२०७५ साल असार १६ गते जिल्ला  प्रशासन कार्यालय बर्दियाको टोलीले बर्दियाका विभिन्न स्थानका गरेको बजार अनुगमनका क्रममा लिईएको १० वटा पसलको गरगहना फिर्ता भएको देखिदैन। वाणिज्य विभागबाट मात्र नभई जिल्ला प्रशासन कार्यालयबाट भएको अनुगमनका क्रममा लिइएको नमूनासमेत व्यापारीले फिर्ता पाएका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बर्दिया गुलरियाको न्यु स्याङ्जा गुलरिया पसलबाट एउटा बेरुवा बाली र तिलहरी, गण्डकी सुनचाँदी पसलबाट मंगलसूत्र र सोली, न्यू फुलराम ज्वेलर्सबाट औंठी, लुम्बिनी सुनचादी पसलबाट तिलहरी, दंगाली सुनचाँदी पसलबाट जुली, सीता सुनचाँदी पसलबाट मुन्द्रा, गण्डकी सुनचाँदी पसलबाट तिलहरी, पोखरा सुनचाँदी पसलबाट मंगलसुत्र विभागका कर्मचारीले लगेका थिए। स्याङ्जा सुनचाँदी पसलबाट चन्द्रमा र पर्वत मनिषा सुनचाँदी पसलबाट तिलहरी अनुगमन टोलीले नमूनाका रुपमा लिएको थियो। 

यसैबीच, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीको सुन विभागबाट फिर्ता नभएको विषयमा अध्ययन गर्न गठन गरिएको समितिले यसै साताभित्रै अध्ययन प्रतिवेदन विभागलाई बुझाउने जनाएको छ। ‘गहना फिर्ता नभएको विषयमा अध्ययन गर्न गठित समितिले आफ्नो अध्ययन अन्तिम चरणमा पुर्‍याएको छ। यही हप्ताभित्रै प्रतिवेदन तयार हुन्छ,’ विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने। विभागले गत असोज अन्तिम साता विभागका निर्देशक भगवान श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समिति गठन गरेको थियो। अध्ययन समितिले बजार अनुगमनका क्रममा खटिएका कर्मचारीलाई विभागमा बोलाएर सोधपुछ गरेको जनाएको छ।

यस्तो छ सूची

Xtrem

Xtrem

सम्बन्धित समाचार
वाणिज्य विभागमा पूर्वकर्मचारीको फोन- अनुगमनबाट गायब बनाएको सुन मसँग छ, लिन आउनू

सरकारी कर्मचारीले यसरी गायब बनाए व्यवसायीको सुन

सुनचाँदी बजारमा ६ वर्षदेखि छैन अनुगमन, व्यापारीको चलखेल

प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्