• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारी कर्मचारीले लुकाए २५ सुनचाँदी पसलका गहना, कुन पसलबाट कति? [सूचीसहित]

64x64
हेमन्त जोशी आइतबार, मंसिर ८, २०७६  २०:०५
1140x725

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीले विभिन्न समयमा गरेका बजार अनुगमनका क्रममा नमूना परीक्षणका लागि भन्दै संकलन गरिएका सुनचाँदीका तयारी गहना नै गायब पारेको खुलासा भएको छ।

विभागको नेतृत्वमा गएको अनुगमन टोलीले विभिन्न स्थानका २५ सुनचाँदी पसलबाट नमूना परीक्षणका लागि भन्दै सुनचाँदीका तयारी गहना औंठी, तिलहरी, लकेटदेखि मंगलसूत्रसम्म गायब पारेको पाइएको हो। यसअघि नै विभागका कर्मचारीले सुन गायब पारेको विषय बाहिरिएको थियो। तर कति संख्या र परिमाणमा नमूना गरगहना गायब पारिएको भन्ने विषय सार्वजनिक भएको थिएन। 

व्यापारीको सुन गायब बनाउन वाणिज्य विभाग मात्र नभई जिल्ला प्रशासन कार्यालय बर्दियाका कर्मचारीको पनि संलग्नता देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाल लाइभलाई उपलब्ध गराएको विवरणअनुसार काठमाडौं, कास्की, बर्दिया र तनहुँका २५ सुनचाँदी पसलबाट नमूनाका रुपमा संकलन भएका सुनचाँदीका गरगहना फिर्ता भएका छैनन्। २०७३ सालदेखि २०७६ सालसम्मको विभिन्न समयावधिमा भएको अनुगमनका क्रममा विभागले नमूनाका रूपमा लिएको उक्त सुन फिर्ता नभएको महासंघले जनाएको छ। 

यो सुनचाँदी व्यवसायी महासंघसँग आबद्ध सुनचाँदी व्यवसायीको फिर्ता हुन बाँकी गरगहनाको मात्र तथ्यांक हो। रत्न आभूषण महासंघसँग सम्बन्धित सुनचाँदी व्यवसायीको फिर्ता हुन बाँकी गरगहनाको विवरण भने यसमा समावेश गरिएको छैन। 

अधिकांश सुनचाँदी पसलबाट औंठी, लकेटलगायत गरगहना नमूनाका रूपमा संकलन भएको देखिन्छ। महासंघले नेपाल लाइभलाई उपलब्ध गराएको गायब सुनसम्बन्धी विवरणअनुसार २०७५ साल चैत महिनामा काठमाडौंका विभिन्न स्थानमा भएको अनुगमनका क्रममा संकलित सुनचाँदीका गरगरहना फिर्ता भएका छैनन्।  

काठमाडौंको शाक्य ज्वेलर्स, इन्द्रचोक, न्यू कुमारी ज्वेलर्स एन्ड ह्यान्डिक्राफट, भेडासिं, शुभश्री ज्वेलर्स, कालीमाटी, श्रीसूर्य बहादुर शाक्य एन्ड सन्स, वटु, आरबी. डाईमन्ड,प्युखा र आरके ज्वेलर्स विशालबजारले गहना फिर्ता पाएका छैनन्। त्यस्तै, तनहुँका २ वटा सुनचाँदी पसलले आफ्ना गहना फिर्ता पाएका छैनन्। तनहुँको सीता सुनचाँदी पसलबाट क्वाइन औंठी र प्रेम सुनचाँदी पसलबाट गितरा औंठी नमूनाका रुपमा लिइएको र फिर्ता नभएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यसैगरी, २०७३ साल चैतमा कास्कीका ५ वटा सुनचाँदी पसलमा भएको अनुगमनका क्रममा लिइएका नमूना पनि वाणिज्य विभागबाट फिर्ता भएको देखिँदैन। काँस्कीको गोरखा एन्ड बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिबाट लकेट, दल बहादुर एन्ड सन्स सुनचाँदी पसलबाट क्वाइन औंठी, अर्जुन पुम्दी-भुम्दी सुनचाँदी पसलबाट फेन्सी औंठी, फेवाताल सन्तोष सुनचाँदी दोकानबाट १ जोर टप, र दी युनाइटेड गोल्डमार्टबाट डाइस फेन्सी औंठी नमूनाका रुपमा लिइएको थियो। २०७३ साल चैतमा भएको अनुगमनका आधारमा २०७४ माघमा  जिल्ला प्रहरी कास्कीले व्यवसायीहरूलाई पक्राउ गरेको भएपनि उनीहरूको सामान भने फिर्ता नभएको महासंघले जनाएको छ।

२०७५ साल असार १६ गते जिल्ला  प्रशासन कार्यालय बर्दियाको टोलीले बर्दियाका विभिन्न स्थानका गरेको बजार अनुगमनका क्रममा लिईएको १० वटा पसलको गरगहना फिर्ता भएको देखिदैन। वाणिज्य विभागबाट मात्र नभई जिल्ला प्रशासन कार्यालयबाट भएको अनुगमनका क्रममा लिइएको नमूनासमेत व्यापारीले फिर्ता पाएका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बर्दिया गुलरियाको न्यु स्याङ्जा गुलरिया पसलबाट एउटा बेरुवा बाली र तिलहरी, गण्डकी सुनचाँदी पसलबाट मंगलसूत्र र सोली, न्यू फुलराम ज्वेलर्सबाट औंठी, लुम्बिनी सुनचादी पसलबाट तिलहरी, दंगाली सुनचाँदी पसलबाट जुली, सीता सुनचाँदी पसलबाट मुन्द्रा, गण्डकी सुनचाँदी पसलबाट तिलहरी, पोखरा सुनचाँदी पसलबाट मंगलसुत्र विभागका कर्मचारीले लगेका थिए। स्याङ्जा सुनचाँदी पसलबाट चन्द्रमा र पर्वत मनिषा सुनचाँदी पसलबाट तिलहरी अनुगमन टोलीले नमूनाका रुपमा लिएको थियो। 

यसैबीच, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीको सुन विभागबाट फिर्ता नभएको विषयमा अध्ययन गर्न गठन गरिएको समितिले यसै साताभित्रै अध्ययन प्रतिवेदन विभागलाई बुझाउने जनाएको छ। ‘गहना फिर्ता नभएको विषयमा अध्ययन गर्न गठित समितिले आफ्नो अध्ययन अन्तिम चरणमा पुर्‍याएको छ। यही हप्ताभित्रै प्रतिवेदन तयार हुन्छ,’ विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने। विभागले गत असोज अन्तिम साता विभागका निर्देशक भगवान श्रेष्ठको संयोजकत्वमा ४ सदस्यीय अध्ययन समिति गठन गरेको थियो। अध्ययन समितिले बजार अनुगमनका क्रममा खटिएका कर्मचारीलाई विभागमा बोलाएर सोधपुछ गरेको जनाएको छ।

यस्तो छ सूची

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सम्बन्धित समाचार
वाणिज्य विभागमा पूर्वकर्मचारीको फोन- अनुगमनबाट गायब बनाएको सुन मसँग छ, लिन आउनू

सरकारी कर्मचारीले यसरी गायब बनाए व्यवसायीको सुन

सुनचाँदी बजारमा ६ वर्षदेखि छैन अनुगमन, व्यापारीको चलखेल

प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  २०:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ... मंगलबार, कात्तिक १०, २०८३
हुम्लामा चार करोड खसीको व्यापार हुम्लामा चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामा... मंगलबार, कात्तिक १०, २०८३
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्