• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर ७, २०८२ Sun, Nov 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

प्रथम श्रेणी क्रिकेटमा नेपालको पहिलो हार

सोमपाल प्रथम श्रेणीमा अर्धशतक बनाउने चौथो ब्याट्सम्यान
64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २२, २०७६  १४:५९
1140x725

काठमाडौं- इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँगको प्रथम श्रेणी क्रिकेट अन्तर्गत तीन दिवसीय खेलमा नेपाल २ सय ८ रनले पराजित भएको छ। अहिलेसम्म पाँच प्रथम श्रेणी क्रिकेटमा नेपालको यो पहिलो हार हो। यसअघिका चार खेलमा दुई खेल जितेको नेपालले दुई खेल बराबरी गरेको थियो। 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा एमसिसीविरुद्ध दुवै इनिङमा नेपाली ब्याट्सम्यानहरु सम्हालिएर खेल्न सकेनन्। तेस्रो दिन ३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले ४०.३ ओभरमा १ सय ८४ रन बनाउँदा सबै विकेट गुमाएको हो। 

नेपालका लागि ओपनिङमा आएका ज्ञानेन्द्र मल्ल ६ रन बनाएर एलबिडब्ल्यु आउट भएका थिए। अर्का ओपनर राजु रिजाल ३१ रनमा आउट भए। शरद भेषावकरले १५ रन बनाए भने बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफ तीनैजना डकआउट भए। आरिफ शेखले १९ रन बनाए। 

यस्तै सोमपाल कामीसँग ४८ रन साझेदारी गरेका करण केसी १८ रनमा आउट भए। एलबिडब्ल्यू आउट भएका उनी अम्पायरको निर्णयसँग असन्तुष्ट थिए। करण आउट भएपछि सोमपाललाई सन्दीप लामिछानेले साथ दिए। सन्दीप २१ रन बनाएर आउट भए। 

सोमपाल कामीले ५१ रन बनाए। उनी प्रथम श्रेणी क्रिकेटमा अर्धशतक बनाउने चौथो नेपाली खेलाडी बने। यसअघि राजु खड्का, शरद भेषावकर र शक्ति गौचनले नेपालका लागि प्रथम श्रेणी क्रिकेटमा अर्धशतक बनाएका थिए।

बिहीबार दोस्रो दिन बिहान एमसिसीलाई ३ सय ६४ रनमा अलआउट गरेको नेपालले आफ्नो पहिलो इनिङमा १ सय ५३ रन मात्रै बनाउन सकेको थियो। दोस्रो दिनको खेल सकिनुअघि एमसिसीले दोस्रो इनिङमा २१ ओभर खेलेर २ विकेट जाँदा ९१ रन जोडेको थियो।

तेस्रो दिन शुक्रबार बिहान एमसिसीले थप ४ विकेट गुमाएर ९० रन जोड्दै दोस्रो इनिङमा १ सय ८१ रन बनाएर डिक्लिएर गरेको थियो। यसैले नेपालले ३ सय ९३ रनको लक्ष्य पाएको थियो।

Ncell 2
Ncell 2

पहिलो इनिङमा पनि नेपालको कमजोर ब्याटिङ
यसअघि आफ्नो पहिलो इनिङमा ४४.४ ओभर खेलेर नेपालले १ सय ५३ रन मात्रै बनाएको थियो। नेपालका लागि ओपनिङ ब्याटिङमा कप्तान ज्ञानेन्द्र मल्ल र राजु रिजाल नै आएका थिए। ज्ञानेन्द्र डकआउट भए भने राजु ८ रन बनाएर आउट भएका थिए। सुरुवातमा नै धरमराएको ब्याटिङ पछिसम्म सम्हालिन सकेन। 

तेस्रो क्रममा ब्याटिङमा आएका शरद भेषावकर ४ रनमै आउट भए। दिपेन्द्र सिंह ऐरी १ रनमा, आरिफ शेख १०, बिनोद भण्डारी ३६, पवन सर्राफ २ र सोमपाल कामी २६ रनमा आउट भए। यस्तै करण केसी डकआउट भए। 

नेपालका लागि सर्वाधिक रन बनाएका सन्दीप लामिछानेले अविजित ३८ रन बनाए। चार छक्का हानेका उनले एलेक्स थोम्पसनको ओभरमा लगातार तीन छक्कासमेत लगाएका थिए।  

नेपालले प्रथम श्रेणी क्रिकेटको इतिहासमा एमसिसीविरुद्धको १ सय ५३ रन नै पहिलो इनिङमा अलआउट हुँदाको सबैभन्दा कम रन हो। 

एमसिसीले आफ्नो पहिलो इनिङमा ३ सय ६४ रन बनाएको थियो। बुधबार पहिलो दिनको खेल सकिँदा ६ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको एमसिसीले बिहीबार बिहान ४ विकेट गुमाएर ५३ रन जोडेको थियो। 

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले तीन–तीन साथै सोमपाल कामी र शरद भेषावकरले दुई–दुई विकेट लिएका थिए। पहिलो दिन बलियो अवस्थामा रहेको एमसिसीलाई दोस्रो दिनको बिहानी शत्रमा नेपाली बलरहरुले दबाबमा राख्न सकेका थिए। 

त्यसअघि पहिलो दिन टस जितेर फिल्डिङ रोजेको नेपालले पहिलो दिनको खेल सकिँदा एमसिसीको ६ विकेट लिएको थियो। ८६ ओभरको खेल सकिँदा खराब प्रकाशका कारण अम्पायरले पहिलो दिनको खेल सकिएको घोषणा गरेका थिए। 

पहिलो इनिङमा एमसिसीका विल भ्यान्डर्सपरले ५३ रन बनाएका थिए। यस्तै एड योङले १५, माइल्स ह्यामन्डले ५२, टम वेस्ट्लीले ३९, विल रोड्सले ७३ र बिली गोल्डम्यानले १० रन बनाएका थिए। 

१० जना खेलाडीको प्रथम श्रेणी डेब्यू
यसअघि नेपालले सन् २००५ मा युएईविरुद्ध प्रथम श्रेणी क्रिकेटमा प्रतिस्पर्धा गरेको थियो। त्यसबेला टोलीमा रहेका शरद भेषावकर मात्रै एमसिसीसँग खेलेको टोलीमा समावेश थिए।

शरदबाहेक १० जना खेलाडीको एमसिसीविरुद्धको खेल नै राष्ट्रिय टिमबाट प्रथम श्रेणीमा डेब्यू खेल हो। यसअघि नेपालले २००४ र २००५ मा खेलेका चार प्रथम श्रेणी खेलमा शरद टोलीमा थिए। 

नेपाली टोलीमा रहेका सोमपाल कामीसँग भने प्रथम श्रेणी क्रिकेटको अनुभव छ। उनले सन् २०१५–०१६ मा श्रीलंकामा क्लब क्रिकेट खेल्दा सारकेन्स स्पोर्टस क्लबबाट दुई प्रथम श्रेणी खेल खेलेका थिए। त्यसमा २६ ओभर बलिङ गरेका उनले ३ विकेट पनि लिएका थिए। एमसिसीसँग सोमबार भएको एकदिवसीय खेलमा टिमबाहिर रहेका उनलाई प्रथम श्रेणीमा समावेश गरिएको हो।

शरद र सोमपालसँगै टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, आरिफ शेख, पवन सर्राफ, बिनोद भण्डारी, करण केसी, ललित राजबंशी, राजु रिजाल र सन्दीप लामिछाने रहेका छन्। 

पूर्वकप्तान पारस खड्कासँग प्रथम श्रेणी क्रिकेटमा दुई खेलको अनुभव भए पनि उनी अहिले टोलीमा समावेश थिएनन्। सोमबार एमसिसीविरुद्धको एकदिवसीय खेलमा पनि पारस टोलीमा थिएनन्।  

प्रथम श्रेणीमा शरदको सर्वाधिक रनको कीर्तिमान
एमसिसीसँगको खेलमा पहिलो इनिङमा ४ र दोस्रो इनिङमा १५ रन बनाएका शरद भेषावकर नेपालका लागि प्रथम श्रेणी क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन्। 

एमसिसीसँगको खेलमा पहिलो इनिङमा ४ रनमा आउट हुँदा नै शरद अहिलेसम्म प्रथम श्रेणीमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए।

जतिबेला कप्तान ज्ञानेन्द्र मल्ल डकआउट भएपछि ब्याटिङमा आएका शरदले यसअघि नेपालका लागि प्रथम श्रेणीमा सर्वाधिक रन बनाउने शक्ति गौचनको कीर्तिमान तोडेका हुन्।

यसअघि नेपालले २००४ र २००५ मा खेलेका चार प्रथम श्रेणी खेलमा शरद टोलीमा थिए। जसमा ६ इनिङमा शरदले ३४ को एभरेजमा १ सय ७० रन बनाएका थिए। शक्ति गौचनले शरदभन्दा १ रन बढी बनाएर नेपालका लागि प्रथम श्रेणीमा सर्वाधिक १ सय ७१ रनको कीर्तिमान राखेका थिए। एमसिसीविरुद्ध १९ रन जोडेसँगै शरदको रन १ सय ८९ पुगेको छ।

प्रथम श्रेणी क्रिकेटमा पहिलो हार
नेपाल अहिले १४ वर्षपछि प्रथम श्रेणी क्रिकेटमा फर्किएको हो। एमसिसीविरुद्धको हार प्रथम श्रेणी क्रिकेटमा नेपालको पहिलो हारसमेत हो। यसअघि नेपालले सन् २००४ र २००५ मा खेलेका चार प्रथम श्रेणी खेलमा दुई खेल जितेको थियो भने दुई खेल बराबरी गरेको थियो। 

सन् २००९ मा एमसिसीसँगै नेपालले तीन दिवसीय खेल खेलेको भए पनि त्यसलाई प्रथम श्रेणीको मान्यता दिइएको थिएन। 

नेपालले पहिलो पटक २००४ को मार्च २५ देखि २७ मा आइसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत सारजाहमा युएईविरुद्ध पहिलो प्रथम श्रेणी खेल खेलेको थियो। जसमा खेल बराबरी भएको थियो। त्यसबेला नेपालको कप्तानी राजु खड्काले गरेका थिए। 

दोस्रो खेल सन् २००४ कै अप्रिल २३ देखि २५ सम्म नेपालले त्रिवि मैदान कीर्तिपुरमा आइसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत नै मलेसियाविरुद्ध प्रथम श्रेणी खेल खेलेको थियो। त्यसबेला प्रथम श्रेणीमा पहिलो जित निकालेको नेपालले मलेसियालाई ९ विकेटले हराएको थियो। 

नेपालको प्रथम श्रेणी क्रिकेटको तेस्रो खेल आइसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत नै हङकङविरुद्ध सन् २००५ को अप्रिल ३० देखि मे २ सम्म त्रिवि मैदान कीर्तिपुरमा नै भएको थियो। बराबरी भएको उक्त खेलमा नेपाली टिमको कप्तानी बिनोद दासले गरेका थिए। 

नेपालले प्रथम श्रेणीमा खेलेको चौथो खेल पहिलो खेलकै विपक्षी यु्एईविरुद्ध थियो। आइसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत नै २००५ को मे ७ देखि ९ सम्म त्रिवि मैदान कीर्तिपुरमा खेल भएको थियो। नेपालले १ सय ७२ रनले जितेको खेलमा कप्तान उनै बिनोद दास थिए। 

यसैले पारस खड्काको कप्तानीपछि नेपाली राष्ट्रिय टिमको कप्तान बनेका ज्ञानेन्द्र मल्ल प्रथम श्रेणी अन्तर्गतको खेल हार्ने पहिलो कप्तान भएका छन्। यअसघि गएको सोमबार एमसिसीसँगको एकदिवसीय खेलमा भने उनैको कप्तानीमा नेपाल ५ विकेटले विजयी भएको थियो। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १४:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश
साताको पहिलो दिन सेयर बजारमा उछाल, सवा ६ अर्बको कारोबार
मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गर्‍यौं : जनार्दन शर्मा
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश आइतबार, मंसिर ७, २०८२
साताको पहिलो दिन सेयर बजारमा उछाल, सवा ६ अर्बको कारोबार आइतबार, मंसिर ७, २०८२
मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गर्‍यौं : जनार्दन शर्मा आइतबार, मंसिर ७, २०८२
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा आइतबार, मंसिर ७, २०८२
सुदन किराँतीले भने– पार्टीको ‘नाङ्लो पसल’ खोल्दैनौं आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता आइतबार, मंसिर ७, २०८२
आज तीन नेताको पार्टी एकता हुँदै, घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने आइतबार, मंसिर ७, २०८२
रास्वपा काठमाडौँका सभापति प्रदीप विष्टद्वारा पदबाट राजीनामा आइतबार, मंसिर ७, २०८२
चुनावमा भाग लिने कांग्रेसको निर्णय शनिबार, मंसिर ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित) बुधबार, मंसिर ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्