उच्च रक्तचाप र गर्भधारण दुवैले मुटु र मिर्गौलालाई असर पार्छन् । त्यसैलेउच्च रक्तचाप भएका महिलाले गर्भधारण अगाडि मुटु र मिर्गौलाको स्थितिको जाँच गर्न आवश्यक छ । स्वास्थ्य जाँचका क्रममा ती अंगमा समस्या देखिएमा पहिले नै उपचार गराई सुरक्षित अवस्थामा आएपछि मात्र गर्भधारण गर्नुपर्छ । उपचारपछि पनि मुटु र मिर्गौलाको अवस्थामा सुधार नभए गर्भधारण गर्नु हुँदैन ।
यसैगरी उच्च रक्तचाप नियन्त्रणको औषधि सेवन गरिरहेका महिलाले आफूले खाइरहेको औषधि गर्भका लागि सुरक्षित छ कि छैन बुझ्नुपर्ने हुन्छ । गर्भको पहिलो तीन महिना कुनै पनि औषधिको सेवन नगर्नु उचित हुन्छ किनकि औषधिले भ्रुणको अंग निर्माण र विकास कार्यमा नकारात्मक असर पार्छ । रक्तचाप धेरै घट्यो भने गर्भको बच्चालाई खतरा उत्पन्न हुन्छ किनकि रक्तचाप कम हुँदा बच्चाको शरीरमा रक्तसञ्चार पनि कम हुन्छ र अक्सिजन तथा खाद्य पदार्थको आपूर्तिघट्छ । यसकारण औषधिको मात्रा एकदम मिलाएर खानुपर्ने हुन्छ ।
उच्च रक्तचाप भएका महिलामा जिउ सुन्निएर आयो, पिसाब कम भयो, आँखा धमिलो भयो भने तुरुन्त जँचाउनुपर्छ। यस्तो अवस्था बढ्दै गएमा छारे रोगमा जस्तो जिउ बटारिने र बेहोस हुने हुन्छ । अनि आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।