• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

धितोपत्र विधेयक : केन्द्रीय निक्षेप र विशिष्टीकृत लगानीसम्बन्धी व्यवस्था व्यापक संशोधन

64x64
नेपाल लाइभ बुधबार, असोज १, २०७६  २१:०७
1140x725

काठमाडौं- धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ। विधेयकले मुख्यतया केन्द्रीय निक्षेप सेवा र विशिष्टीकृत लगानी कोषका सम्बन्धमा नयाँ व्यवस्था प्रस्ताव गरेको छ। 

मूल ऐनको परिच्छेद ४ मा केन्द्रीय निक्षेप सेवा संचालनसम्बन्धी व्यवस्था थप गरिएको छ। विधेयकमा भएको व्यवस्थाअनुसार केन्द्रीय निक्षेप सेवा संचालन गर्न चाहने व्यक्तिले प्रचलित कानुन बमोजिम संगठित संस्था स्थापना गर्नु अघि बोर्डको सिफारिस अनिवार्य गरिएको छ। बोर्डबाट अनुमतिपत्र प्राप्त नगरी कसैले पनि केन्द्रीय निक्षेप सेवा संचालन गर्न, गराउन वा केन्द्रीय निक्षेप सेवाको नाम प्रयोग गर्न पाउने छैन। 

केन्द्रीय निक्षेप सेवा संचालन अनुमति पत्र लिनका लागि संगठित संस्थाको प्रबन्धपत्र वा नियमावलीमा केन्द्रीय निक्षेप सेवा स्थापना र संचालन गर्ने उद्देश्य उल्लेख भएको हुनुपर्नेछ। केन्द्रीय निक्षेप सेवा संचालन गर्न कम्तीमा २० करोड बराबरको नेटवर्थ हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। 

केन्द्रीय निक्षेप सेवा संचालन गर्न आवश्यक पूर्वाधार तथा सुविधा पर्याप्त रहेको हुनुपर्ने समेत प्रस्ताव हुनुपर्नेछ। ‘त्यस्ता कम्पनीलाई अनुमतिपत्र दिँदा बोर्डले पूँजीबजारको अवस्था, धितोपत्रको केन्द्रीय निक्षेप सेवाको प्रभावकारी संचालन तथा लगानीकर्ताको हितलाई ध्यानमा राखी आवश्यक शर्त तोक्न सक्नेछ,’ भनी प्रस्तावित विधेयकमा व्यवस्था गरिएको छ। 

यसरी तोकिएको शर्तमा बोर्डले आवश्यकताअनुसार हेरफेर वा थपघट गर्न सक्नेछ भने केन्द्रीय निक्षेप सेवा संचालन गर्न प्रदान गरिएको अनुमतिपत्र जुन आर्थिक वर्षमा जारी गरिएको हो सोही आर्थिक वर्षको अन्त्यसम्म मात्र कायम रहनेछ। 

विधेयकले केन्द्रीय निक्षेप सेवा संचालन गर्ने संगठित संस्थाको काम, कर्तव्य र अधिकार पनि तोकिदिएको छ। विधेयकमा भएको व्यवस्था अनुसार त्यस्ता संस्थाहरुले केन्द्रीय निक्षेप सेवाको स्थापना, संचालन तथा व्यवस्थापन गर्नेछन। त्यसैगरी, केन्द्रीय निक्षेप सेवा प्रदान गर्न चाहने निक्षेप सदस्य व्यवसायीलाई सदस्यता प्रदान गर्ने र त्यस्तो सदस्यको अनुगमन तथा सुपरीवेक्षण गर्नेछन्। 

विधेयकले संशोधन गर्न लागेको अर्को महत्वपूर्ण विषयमा मूल ऐनको परिच्छेद ६ मा संशोधन प्रस्तावसहित विधेयक संसदमा लगिएको छ।

विशिष्टीकृत लगानी कोष संचालन सम्बन्धमा विधेयकले गरेको व्यवस्थाअनुसार त्यस्तो कोष संचालन गर्न चाहने संगठित संस्थाले संचालन तथा व्यवस्थापनका लागि धितोपत्र बोर्डबाट कोष व्यवस्थापक अनुमतिपत्र लिनुपर्नेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

संचालक वा कार्यकारी प्रमुखको योग्यतासम्बन्धी व्यवस्था 
कुनै कसुरमा सजाय भुक्तान गरेको व्यक्ति ५ वर्ष अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति बोर्डमा धितोपत्र दर्ता गराएको, सार्वजनिक निष्काशन गरेको वा बोर्डबाट अनुमतिपत्र प्राप्त कुनै संस्थाको संचालक, कार्यकारी प्रमुख वा सो सरहको पदमा बहाल हुन अयोग्य हुने व्यवस्था प्रस्ताव गरिएको छ। 

धितोपत्र बोर्डले कुनै संस्थाको अनुमतिप्राप्त कुनै संस्थाको अनुमतिपत्र खारेज भएमा त्यस्तो संस्थाको संचालक, कार्यकारी प्रमुख वा सो सरहको पद धारण गरेको व्यक्ति अनुमतिपत्र खारेज भएको मितिले एक वर्ष पूरा नभएसम्म अर्को संस्थाको संचालक, कार्यकारी प्रमुख वा सो सरहको पदमा बस्न नपाउने व्यवस्था नयाँ विधेयकमा छ। 

एउटा संस्थामा अध्यक्ष भइसकेको व्यक्तिले कुनै सुचीकृत संगठित संस्था वा अनुमतिप्राप्त संस्थामा कुनै हैसियतमा रही काम गर्न पाउने छैनन्। तर नेपाल सरकारबाट नियुक्त हुने पदमो भने यो व्यवस्था लागु नहुने कुरा विधेयकमा राखिएको छ। 

प्रस्तावित अन्य व्यवस्थाहरु 
विधेयकले धितोपत्रको परिभाषाभित्र पर्ने दायरालाई फराकिलो बनाएको छ। विधेयकले गरेको व्यवस्थाअनुसार ‘संगठित संस्थाले जारी गरेको शेयर, स्टक, बन्ड, डिबेन्चर, डिबेन्चर स्टक वा सोसँग सम्बन्धित डेरिभेटिभ वा लगानी कोष वा लगानी योजनाका एकाई’ लाई धितोपत्रको परिभाषामा राखिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल सरकार वा नेपाल सरकारको सहमतिमा प्रदेश सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको ऋणपत्र, बचतपत्र वा बन्डहरु पनि नयाँ परिभाषाभित्र समेटिएका छन्।

धितोपत्र बजार मार्फत कारोबार हुन सक्ने वा हस्तान्तरण हुन सक्ने भनी बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद, बिक्री वा विनिमय गर्न पाउने अधिकारलाई पनि धितोपत्र शब्दको परिभाषाको दायराभित्र राखिएको छ। 

त्यसैगरी, विधेयकमा मूल ऐनको दफा ४२ को उपदफा २ मा संशोधन प्रस्ताव गरिएको छ। हालको व्यवस्थाअनुसार धितोपत्र बजार संचालन गर्ने संगठित संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र तोकिए बमोजिमको वार्षिक शुल्क धितोपत्र बोर्डमा बुझाई धितोपत्र बजार संचालन गर्ने अनुमतिपत्र नवीकरण गर्नुपर्ने भन्ने व्यवस्था रहेको त्यसलाई संशोधन गरी आर्थिक वर्ष समाप्त हुनु १५ दिन अगावै उक्त शुल्क बोर्डमा बुझाइसक्नुपर्नेछ। 

त्यसैगरी सोही दफाको उपदफा ३ मा त्यस्तो अनुमतिपत्र नवीकरण गर्न नसकेमा सो म्याद समाप्त भएको तीन महिनासम्म वार्षिक शुल्कको २५ प्रतिशत जरिवाना तिरी सो अनुमतिपत्र नवीकरण गराउने सकिने व्यवस्था रहेकोमा त्यसलाई पनि संशोधन गरिएको छ। विधेयकले ‘सो म्याद समाप्त भएको मितिले तीन महिनासम्म’ शब्दको सट्टा ‘अनुमतिपत्रको अवधि समाप्त भएको सातदिन भित्र नवीकरण गरिसक्नुपर्ने’ भन्ने व्यवस्था राखिएको छ। 

मूल ऐनको दफा ५३ को उपदफा १ मा संशोधन गरिएको छ। धितोपत्र कारोबारको प्रणालीगत वा अन्य संरचनागत जोखिमबाट लगानीकर्तालाई हुनसक्ने क्षतिबाट जोगाउन धितोपत्र बजारले तोकिए बमोजिम एक क्षतिपूर्ति कोषको व्यवस्था गर्नुपर्नेछ।

प्रकाशित मिति: बुधबार, असोज १, २०७६  २१:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
एक लाख ८७ हजार मतदाता थपिए
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्