• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

१५ महिनापछि खुल्यो मलेसिया रोजगारी, उपलब्धि के?

व्यवसायी भन्छन्- हात लाग्यो शून्य
64x64
नेपाल लाइभ बिहीबार, भदौ २६, २०७६  २०:५२
1140x725

काठमाडौं-  विगत १५ महिनायता बन्द रहेको मलेसिया रोजगारी खुल्ने पक्का भएको छ। 

नेपाली तथा मलेसियाली प्राविधिक कमिटीको ३ दिने बैठकपछि बिहीबार मलेसिया रोजगारी खुलाउने विषय टुंगो लागेको हो। 

‘बैठकले नेपाल र मलेसियाबीच भएको श्रम समझदारी कार्यान्वयनको औपचारिक निष्कर्ष निकालेको छ। अब नेपाली कामदार शून्य लागतमा मलेसिया जान पाउने भएका छन्,' श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले नेपाल लाइभसँग भने। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्णयअनुसार २०७५ जेठ २ गते मलेसिया रोजगारी बन्द भएको थियो। 

मलेसियाले भिएलएन, बायोमेट्रिक, माइग्राम, जिएसजी लगायत ५ वटा कम्पनीले मलेसिया रोजगारीमा अनावश्यक भेन्डर खडा गरी प्रतिकामदार १७ हजार रूपैयाँ बढी आर्थिक भार थोपरेको भन्दै मन्त्री विष्टले मलेसिया रोजगारी बन्दको निर्णय गरेका थिए। 

भेन्डर कम्पनीहरु खारेज गरेर नयाँ प्रक्रियामार्फत नेपाली कामदार रोजगारीका लागि मलेसिया पठाउने अडान मन्त्री विष्टले लिएका थिए। 

सोही अडान अनुसार भेन्डर कम्पनी खारेजीका प्रक्रियामा समेत मन्त्री विष्टले कदम चालेका थिए। २०७५ कात्तिक १२ गते मलेसिया र नेपालबीच शून्य लागतमा श्रम समझदारीमा पनि पुरानै भेन्डर कायम रहने उल्लेख भएपछि पुरानै भेन्डर कम्पनी यथावत् रहने भएका छन्। 

बायोमेडिकल प्रणालीमा भने मलेसिया सरकारले तोकेको मापदण्ड पुगेका केही स्वास्थ्य संस्था थप गर्न सकिने समझदारीपत्रमा उल्लेख थियो। सोही अनुसार नेपाल सरकारले मलेसिया सरकारले पठाएको मापदण्डअनुसार १ सय २२ वटा स्वास्थ्य संस्था सूचीकृत गरी सूची मलेसियालाई पठाइसकेको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

१ सय २२ वटा स्वास्थ्य संस्थाभित्र मलेसियाको बेस्टिनेट कम्पनीबाट मान्यता पाएर मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका पुरानै ३६ वटा स्वास्थ्य संस्थासमेत छनोट भएका थिए। 

मलेसियाले तत्काल ३६ वटै स्वास्थ्य संस्थाबाट मात्रै कामदारको स्वास्थ्य परीक्षण गरिने र बाँकी छनोट भएका ८६ वटा स्वास्थ्य संस्थालाई विस्तारै मलेसियाको बायोमेडिकल प्रणालीमा आबद्ध गर्न सकिने अडान राख्दै आएको थियो। 

मलेसियाले पुरानै ३६ स्वास्थ्य संस्था रहने अडान नछाडेपछि श्रम समझदारी भएको १० महिनासम्म पनि मलेसिया रोजगारीको टुंगो लाग्न सकेको थिएन। 

गत मंगलबारदेखि बसेको दुई देशबीच संयुक्त प्राविधिक कमिटीको बैठक पनि स्वास्थ्य संस्थाकै एजेन्डामाथि  केन्द्रित थियो। 

Xtrem

Xtrem

मंगलबारदेखि बुधबारसम्म दुई दिन भनिएको बैठकले नयाँ स्वास्थ्य संस्था थप गर्ने सम्बन्धमा निचोड निकाल्न नसकेपछि बिहिबार पुनः बैठक बसेको थियो। 

संयुक्त बैठकमा तत्काल ३६ वटै स्वास्थ्य संस्था रहने र आगामी नोभेम्बर १ मा मलेसियाली टोली नेपाल आई थपिएका नयाँ ८६ स्वास्थ्य संस्थाको अनुगमन गर्ने सहमति भएको मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले नेपाल लाइभसँगको कुराकानीमा बताए। 

उनले भने, ‘तत्काल ३६ वटा स्वास्थ्य संस्था रहने भएपनि नोभेम्बरको पहिलो साताभित्र नेपाल सरकारले छनोट गरेका नयाँ स्वास्थ्य संस्थामाथि मलेसियाली अनुगमन टोलीले अनुगमन गर्नेछ। अनुगमनबाट मापदण्ड पुगेको भेटिएका संस्था मलेसियाली बायोमेट्रिक प्रणालीमा आबद्ध हुन पाउँछन्।’ 

१५ महिना बन्दको उपलब्धि के?
सरकारले १५ महिना बन्द गर्दाको उपलब्धि सोचेअनुकुल नभएको व्यवसायीहरुको टिप्पणी छ। 

एक व्यवसायीले नेपाल लाइभसँग भने, ‘सरकारले झन्डै १६ महिना मलेसिया बन्द गर्यो। एकातिर रोजिरोटीका लागि मलेसिया जाने कामदारको रोजगारी गुम्यो। अर्कोतर्फ म्यानपावर व्यवसायीको व्यवसाय डामाडोल भयो।’

‘भेण्डर खारेज गरी शून्य लागतमा कामदार पठाउने अडान लिएको सरकारले भेन्डर खारेज गर्न असफल भयो। दुईचार वटा मेडिकल थप्दैमा त्यसलाई सिन्डिकेट खारेज भएको भन्न मिल्दैन। त्यो पनि अप्रिलमा मलेसियाली टोलीको अनुगमन र छनोटपछि थप्न सकिने भनिएको छ। मलेसिया सरकारले नथप्न पनि त सक्यो नि!’ ती व्यवसायीले थपे। 

त्यस्तै अर्का म्यानपावर व्यवसायी कुमुद खनालले १५ महिनापछि सरकारले गरेको मलेसिया खुलाउने निर्णय कार्यान्वयन नहुँदासम्म सरकारको उपलब्धि मान्न नसकिने बताए। 

 ‘सरकारले भेन्डर खारेजीका लागि मलेसिया बन्द गरेको थियो। पुरानै भेन्डर कायम हुने बित्तिकै सरकार त्यसमै सरकार चुक्यो। अर्कोतिर सरकारले १५ महिना मलेसिया बन्द गर्दा मलेसियाबाट आउने रेमिट्यान्स गुम्यो त्यसको लेखाजोखा खोइ?’ उनले प्रश्न गरे। 

‘दुई देशका संयुक्त कमिटीको बैठकले नेपाल र मलेसियाबीच समझदारी अनुसार नै कामदार पठाउने गरी १० बुँदे समझदारी गरेको भनिएको छ। यो समझदारी अनुसार नेपाली कामदारहरु शून्य लागतमा मलेसिया जान पाए भने बल्ल त्यसलाई मलेसिया बन्दको उपलब्धिको एउटा पाटो मान्न सकिन्छ,’ व्यवसायी खनालले थपे, ‘कुरा एउटा व्यवहारमा अर्कै भयो भने १५ महिना मलेसिया बन्दको उपलब्धि हात लाग्यो शून्य हुन्छ।’ 

मन्त्रालयले भने बिहीबार सम्पन्न संयुक्त प्राविधिक कमिटीको बैठकपछि १५ महिनायता बन्द रहेको मलेसियामा सरकारले सफलता पाएको दाबी गरेको छ। 

दुई देशका संयुक्त कमिटीबीच भएको १० बुँदे समझदारी गत कात्तिक १२ गतेको श्रम समझदारी अनुसार नै भएकाले मलेसियामा नेपाली कामदारहरु शून्य लागतमा जान पाउने श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे बताउँछन्। 

संयुक्त प्राविधिक कमिटीले गरेको १० बुँदे समझदारी भने सार्वजनिक गरिएको छैन। 

समझदारीअनुसार शून्य लागतमा आगामी आइतबारदेखि नै नेपाली कामदारहरु मलेसिया रोजगारीका लागि जान पाउने छन्।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्री वाग्लेले अमेरिकी समकक्षी र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने
कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अर्थमन्त्री वाग्लेले अमेरिकी समकक्षी र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक आइतबार, असोज १८, २०८३
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने आइतबार, असोज १८, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
एमालेले बोलायो संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्