• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'बिजनेस म्यान' बनेको त्यो दिन

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २०, २०७६  ०७:२६
1140x725

ललितपुर– कुपन्डोल चोकबाट थोरै माथि लम्किएपछि बायाँतर्फ 'डेकन द हेम्प कम्पनी' लेखिएको होर्डिङ बोर्ड टाँगिएको सटर देखिन्छ। जहाँ पुग्नासाथ नेपाली मौलिक सामग्रीले तानिहाल्छ। 

गाँजा (हेम्प), अल्लो र सिस्नुको रेशाबाट तयार गरिएका झोला, जुत्ता, टोपी, पर्स लगायतका सामान। थरीथरीका उत्पादनको थुप्रो नजिकै बसिरहेका थिए, विनोद शाक्य। 

उनी गाँजा र अल्लोको रेशाबाट निर्मित कच्चा सामग्री बझाङ, बाजुरा र अछामबाट मगाउँछन्। त्यहीबाट ब्याग, झोला, टोपी लगायतका सामान तयार पार्छन्। उनीसँग हाल ६ जना कामदार छन्। 

'व्यापार सुरु गरेको २७ वर्ष भयो,' उनी गर्वसाथ भन्छन्, 'रित्तै काठमाडौं आएर काम खोज्दै भौंतारिइरहेको मान्छेलाई यही व्यापारले करोडौंको मालिक बनायो।’

OOO

२०२२ सालमा संखुवासभाको चैनपुरमा जन्मिएका विनोदको रुचि सानैदेखि व्यापारमा थियो। ठूलो 'बिजनेस म्यान' बनेर नेपाललाई विश्वमा चिनाउने महत्वाकांक्षा बोकेर उनी चैनपुरबाट काठमाडौं हिँडे। जतिबेला उनको उमेर थियो २० वर्ष।

गाउँबाटै कमर्समा प्रवीणता प्रमाणपत्र पहिलो वर्ष सकाएर काठमाडौं आएका उनी मामासँगै ललितपुरको पुलचोकमा बस्न थाले। 

गाउँबाट भर्खरै काठमाडौं छिरेका विनोदलाई अध्ययनका लागि आफै खर्च जुटाउनुपर्ने थियो। सुरुमा कामको खोजीमा उनले काठमाडौंका गल्लीगल्लीमा आफ्ना पैताला नापे। 'तर त्यो बेला काठमाडौंमा भनेजस्तो काम नै पाँइदैन थियो,’ विनोद विगत सम्झन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

दरबारमार्गमा उनका मामाको ‘चैनपुर ब्रास’ नामक पसल थियो। जहाँ ब्रासबाट बनेका सामग्रीहरु पाइन्थे। 

विनोदले कतै काम नपाएपछि उनी आफ्नै मामाको पसलमा काम गर्न थाले। केही समयपछि पुलचोकबाट दरबारमार्गतिरै डेरा सरे।

‘पसलकै माथिपट्टि बस्न मिल्ने ठाउँ थियो, त्यसपछि म एक वर्षसम्म त्यहीँ बसेँ,’ उनी सुनाउँछन्। एक वर्ष दरबारमार्गको पसलमा दुःखसुख कटाएपछि कुमारीपाटी ललितपुरमा कोठा सरे। 

विनोदको १२ सम्मको अध्ययन पनि सकियो। 

बिजनेस गर्न सजिलो पर्छ भनेर नै विनोदले औपचारिक अध्ययनमा पनि कमर्स रोजेका थिए। ‘सानैदेखिको मेरो व्यापारी बन्ने रहन पूरा गर्नका लागि नै कलेजमा पनि कमर्स रोजेँ,’ उनले भने, 'बिजनेस गर्न अन्तर्राष्ट्रिय अंग्रेजी भाषा पनि जान्नुपर्ने भएकाले अंग्रेजी लिएर बिएमा पनि भर्ना भएँ।’ 

काम गर्दा गर्दै उनले ब्याचलरसम्मको अध्ययन पनि सकाए। मामाकै पसलमा निरन्तर ६ वर्ष खटे। उनको खटन र लगनशीलताबाट प्रभावित बनेका मामाले पछि म्यानेजरको जिम्मा दिइ। त्यसबेला आफू निकै खुसी भएको उनी सुनाउँछन्।

उनको सपना अझै बाँकी थियो किनकि म्यानेजर मात्रै होइन विनोदलाई त अरु धेरै म्यानेजर राखेर आफू ठूलो बिजनेस म्यान बन्नु थियो। 

२०४९ सालतिर। विनोद उमेरले २७ वर्ष पुगिसकेका थिए। घरपरिवार र आफन्तबाट विवाहको कुरा आइरहेको थियो। सोही समयमा उनले विवाह पनि गरे। 

‘त्यसपछि त मेरो जीवनमा म मात्रै थिइनँ, मेरो जीवनसँगै श्रीमती पनि जोडिइन्। त्यसपछि जिम्मेवारी थपिएको महसुस गरेँ,’ उनी भन्छन्, 'त्यसपछि आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाएँ।' 

तर त्यसका लागि मोटो रकम चाहिन्थ्यो जुन उनीसँग थिएन। जागिर गरेर कमाएको पैसा खान लाउनमै ठिक्क थियो, बचत थिएन। व्यवसाय गर्ने सोच बनाउँदा आफ्नो खल्तीमा जम्मा ६ हजार मात्रै भएको उनी सम्झन्छन्।

तर उनलाई आफ्नै सपनाले बिथोल्न थालिसकेको थियो। आफूसँग पैसा नभए पनि गलामा सुनको सिक्री र हातमा औंठी थियो। आफ्नै व्यापार सुरु गर्न विनोदले त्यो बेच्ने निधो गरे। 

त्यो बेलाको समयमा उनले गहनाबापत ८० हजार पाए। 

सोही वर्ष उनले ललितपुर पुलचोकमा धातुका सामानको व्यापार गर्न थाले। 

‘ग्राहकको माग अनुसारको सामान राख्दा राम्रो व्यापार हुने आइडिया मलाई राम्रोसँग थाहा थियो, त्यही अनुसार नै मैले विस्तारै ५० प्रतिशत धातुका सामान र ५० प्रतिशत हस्तकलाका सामान समेत राख्न थालेँ,’ आफ्नो सुरुवाती व्यापारबारे विनोद भन्छन्, ‘हामीले व्यापार गर्दा धेरै कुरा सोच्नुपर्छ जुन ठाउँमा व्यापार सुरु गरिन्छ, त्यहाँको परिवेश र क्रेताको माग अनुसारका समान राख्नुपर्छ।’

एक वर्ष उनले पुल्चोकमा खुल्ला ठाउँमै व्यापार गरे। उनी सन्तुष्ट नै थिए। 

एक वर्षपछि २०५० सालतिर उनले काठमाडौं वसन्तपुरस्थित झोँछेमा एउटा सटर भाडामा लिए र हस्तकलासहित गाँजाको रेशाबाट बन्ने सामान हेम्प, अल्लो तथा सिस्नो बाट बन्ने झोला लगायत कपडाका सामान व्यापारका लागि डेकन द ह‍ेम्प सुरु गरे।

सबैभन्दा खुसीको क्षण उनले व्यापार सुरु गरेको एक हप्ताभित्रै उनले अनुभव गरेका थिए। त्यसबेला आफ्नो सपना साँच्चै विपनामा परिवर्तन भएको उनले महसुस गरेका थिए।

‘झोँछेमा व्यापार सुरु गरेको ५ दिनमै ३ लाखको अर्डर आयो,' उनले त्यसबेलाको खुसी साटे, 'लाग्यो, म अब बिजनेस म्यान बनिसकेँ।'

दोस्रो पटक ६ लाखको अर्डर आयो। यसरी उनको व्यापारले फड्को मारिइरह्यो। 

‘त्यसैबीचमा ठूलाठूला व्यापारीहरुसँग पनि भेट भयो। आफू भन्दा सिनियर जानकार व्यापारीसँग अनुभव साटासाट भयो, धेरै कुरा बुझ्दै गएँ,’ उनी अनुभव सुनाउँछन्।

धेरैजसो विदेशी पर्यटकहरु पनि उनको पसलमा आउँथे। पसलमा चलहपहल निकै थियो। पसल गरेको लगभग ७ महिना भएको थियो। त्यो बेला एकैपटक ५ वर्षका लागि ३० लाखको अर्डर आयो। ५ वर्षभित्रमा विनोदले ३० लाखको सामानसँगै अरु व्यापार पनि गरे। यो २०५५ सालको कुरा हो।

त्यो बेला आफ्नो भाग्य चम्किएको गर्वसाथ सुनाउँछन् उनी। त्यही बेला कमाएको पैसाले उनले कोटेश्वरमा जग्गा किनेर घर बनाएका थिए।

झोँछेमा पसल खोलेको बेला हस्तकलाका सामान बनाउन कम्पनीमा १ सय जना युवाहरुले रोजगारी पाएका थिए। 

झोँछेमा उनले ८ वर्ष व्यापार गरे। ‘पहिले झोँछेँ लगायत बसन्तपुरतिर घुम्न जाँदा विदेशी पर्यटकहरुले टिकट काट्नु पर्दैन थियो, पछि टिकट काट्ने सिस्टम बनाएपछि पर्यटकको संख्या पनि घट्यो मेरो व्यापार पनि घट्यो,’ व्यापार घटेपछि पनि हिम्मत हारेनन्। बरु त्यो ठाउँको विकल्प खोज्न थाले। 

झोँछेको विकल्पमा ठमेलमा पसल र कारखाना सँगसँगै चलाए। 

ठमेलमा पनि व्यापार राम्रो थियो। त्यहाँ लगभग १२ वर्ष उनले व्यापार गरे। अलि कुनो जस्तो ठाउँ भएकाले उनी २०७१ सालतिर 'डेकन द ह‍ेम्प'लाई ललितपुरको कुपन्डोल सारे।

५ वर्षदेखि विनोदको द डेकन ह‍ेम्प कुपन्डोलमै सञ्चालित छ। यहाँ पनि व्यापार राम्रो चलिरहेको उनी सुनाउँछन्।

‘मैले तयार गरेका सामानहरु विश्वका बजारमा रुचाइएका छन्,’ नेपाली उत्पादनलाई विश्वबजारमा पुर्‍याउँदा विनोद निकै खुसी छन्, 'मैले सोचेर नै सिजनल व्यापार गरिनँ जुनसुकै समयमा पनि व्यापार कम नहुने एभरग्रिन ब्याग, जुत्ता लगायतका सामान बनाउन सुरु गरेँ।’

अल्लोको रेशाबाट बनेका कपडा विनोदले आफ्नै जन्मथलो सङ्खुवासभाबाट ल्याउँछन्। आफ्नै मौलिक सामान, वनजङ्गलमा खेर गइरहेको समान सदुपयोग गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने राम्रो उदाहरण विनोदले सिकाएका छन्। 

अर्डर अनुसारका सामान नयाँ बजारस्थित कम्पनीमा तयार गरिन्छ र कुपन्डोलस्थित पसल हुँदै विश्व बजारमा पुर्‍याइन्छ। अमेरिका, चाइना, थाइल्यान्ड, जापान, जर्मनी लगायत मुलुकमा उनले तयार गरेका सामानहरु निर्यात हुने गरेका छन्।

यति लामो समयको अनुभव बटुलेका विनोद भन्छन्, ‘कला र सिप र चाहना भए, आफ्नै देशको माटोमा सुन फलाउन समय लाग्दैन। तर त्यसका लागि धेरै ध्यान पुर्‍याउनुपर्छ। एउटा व्यापार गर्ने सोच बनाएको मान्छेले आफू कुन ठाउँमा व्यापार गर्दैछु र त्यहाँ कुन सामान बिक्न सक्छ भन्ने कुरा बुझ्नुपर्दछ।'  

एउटा सफल व्यापारी हुन के चाहिन्छ?

उनी भन्छन्, 'बिजनेसबारे अध्ययन आवश्यक छ। विश्व बजारसम्म आफ्नो व्यापार विस्तार गर्न अन्तर्राष्ट्रिय भाषाको ज्ञान पनि त चाहिन्छ नि।’ 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६  ०७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्