• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

प्रकाशकहरुले साहित्य छापेका छैनन्, व्यापार गर्न खोजेका छन् : राजन मुकारुङ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, साउन २५, २०७६  १३:५०
1140x725

राजन मुकारुङ लेखक मात्र होइनन्, अभियन्ता पनि हुन्। राज्यको गलत सिस्टमविरुद्ध होओस् या चर्चामा देखापरेका कुनै विषय; उनी त्यसमा भिडिहाल्छन्। सांस्कृतिक पहिचानको मुद्दालाई पनि उनले लामो समयदेखि उठाइरहे। पहिचानको मुद्दामै केन्द्रित 'दमिनी भीर' र 'हेत्छाकुप्पा' उपन्यास उनका चर्चित कृति छन्। साहित्यमा 'सिर्जनशील अराजकता'का अगुवा पनि हुन् उनी। कवितामा झन्डै १५ वर्षपछि नयाँ संग्रह 'हाटा जाने अघिल्लो रात' लिएर आएका मुकारुङसँग नेपाल लाइभका समर्पण श्रीले गरेको कुराकानी:

अर्को कविता संग्रहका लागि १५ वर्ष कुर्नुपर्‍यो। अचानक कविता लिएरै आउनुको कारण?
पछिल्लो समय एकदमै उर्वर पुस्ताहरूको कविता पढिरहेको हुन्छु। नयाँ पुस्तासँग क्राफ्टको अत्यन्त बलियो सम्भावना छ। तर, कलामा शक्तिशाली हुँदाहुँदै पनि यो पुस्ता एउटा कुरासँग डराएको छ, त्यो हो विचार। यो इस्यु उठाउँदा कतै म आउँदाआउँदै निमोठिन्छु कि वा म विवादमा पर्ने हो कि भनेर यो पुस्ताले यसलाई छलिरहेको देखिन्छ। 

त्यसमाथि यो समय नेपाली समाजलाई सांस्कृतिक वा राजनीतिक रुपान्तरण गर्ने सम्बन्धमा मार्क्सवादी विचारधाराको ठूलो हात छ। त्यही विचारधारा र स्कुलिङमा हुर्किँदै क्रूर व्यवस्थाविरुद्ध साहित्यमार्फत प्रहार गर्ने ठूलो जमातका कवि-लेखक थिए कुनैबेला। अहिले त्यही विचारधारा दुई तिहाइ जनमतसहित सरकारमा छ। यतिबेला यो सरकारले पनि प्रगतिशील कामहरू गर्न सकेको छैन। बरु झन् पछाडि जाने कतिपय काम गरेको हामी देख्छौं। कठोरतापूवर्क उभिनुपर्ने मार्क्सवादी विचारधारा भनिएका कवि–लेखकहरू पनि त्यसविरुद्ध बोल्न सकिरहेका छैनन्। यतिबेला कवितामार्फत सत्तासँग प्रतिप्रश्न र खबरदारी गर्न कठोरतापूर्वक जुध्नुपर्छ भन्ने लाग्यो। यसका लागि छिटो सम्प्रेषण हुने विधा नै कविता भएकाले यो संग्रहमा जोड गरेको हुँ। 

यसोभए सत्तासँग जुध्न मात्रै कवितासंग्रह ल्याउनुभएको? यसो गर्दा कविताको कला पक्ष कमजोर भएन?
कला पक्षमा मैले ख्याल गरेको छैन। भयो पनि होला। कसैले राजन मुकारुङले नारा मात्र लेख्यो, कविता होइन पनि भन्ला। त्यसमा आपत्ति छैन। के मात्र हो भने यतिबेला विपक्षमा उभिएर ज–जसले खबरदारी र बहस गर्नुपर्दथ्यो। उनीहरूले नगरिदिएका हुनाले मैले गर्न खोजेको हुँ। यतिबेला हामी मौन बस्यौं भने कसले बोल्ने?

समावेशिता र समानताको सन्दर्भमा हामीले आवाज कमजोर बनाएकै छैनौं। सामाजिक सञ्जालमार्फत नै भए पनि भन्न त भनिरहेकै छौं। यो कवितासंग्रह पनि त्यसैको गतिशीलता वा निरन्तरता हो।

भनेपछि संग्रहका कवितालाई व्यवस्थाप्रतिको असन्तुष्टि भन्दा हुन्छ?
असन्तुष्टिकै कारणले जन्मिएका हुन्। कविता त लामो समयदेखि नै लेखेँ हूँला। कुनैकुनै विषयमाथि गम्भीर भएर पनि लेखेँ। तर एकीकृत गरेर किताबकै रुपमा किन ल्याउनुपर्‍यो भन्ने सन्दर्भमा केही कुरा छन्। त्यही शक्ति हिजो एउटै मोर्चामा युद्ध लडेर आएको छ। अहिलेको स्थितिमा आइपुगेपछि त्यही शक्तिको सानो समूह भने केही असन्तुष्टि जनाएर एउटा राजनीतिक गतिविधिमा गयो। त्यसो भन्दैमा यसलाई प्रतिबन्ध लगाउने तहमा सरकार पुग्यो। लोकतान्त्रिक गणतन्त्र पनि भन्ने, तर एउटा सानो समूह जो असन्तुष्टि पनि व्यक्त गरिरहेको छ; उसलाई चाहिँ प्रतिबन्ध लगाउने? यो त संविधानभन्दा परको चरित्र हो। भोलि अर्को-अर्कोमाथि पनि प्रतिबन्ध लाग्न सक्छ। देश नै फुटाउँछु भन्नेसँग चाहिँ अँगालो मार्ने, अर्को विचार बोक्नेलाई प्रतिबन्ध लगाउने? यो दोहोरो चरित्रको असन्तुष्टि कवितामा छन्। 

विप्लव नेतृत्वको पार्टीलाई राज्यले प्रतिबन्ध लगाइसकेपछि तपाईंले 'म पनि विप्लव कार्यकर्ता हुँ' भन्ने आसयको स्टाटस फेसबुकमा लेख्नुभएको थियो नि। त्यसलाई कसरी बुझ्ने?
पार्टीमा प्रवेश गर्ने भन्ने त होइन। मैले न्यायको पक्षमा बोलेको हो। मैले माइला लामाबारे त कविता नै लेखेको छु। उनी पक्राउ परेपछि। अस्ति कार्यक्रममा वाचन पनि गरेँ। उनीहरूको आन्दोलनमा विध्वंशात्मक कार्यहरू छन् भने के कारणले विध्वंश भयो, राज्यले भनोस्। त्यो काम गर्ने मान्छे खोज्नुपर्‍यो। पार्टीका गतिविधि कुन सही र कुन गलत जनताले पनि भन्न सक्छन् नि। तर, एउटा सिंगो राजनीतिक पार्टीलाई नै प्रतिबन्ध गर्ने भन्ने कुरा चाहिँ हुँदैन। प्रतिबन्ध नै लगाइसकेपछि यो राजनीतिक चरित्र भएन। यसरी नै प्रतिबन्ध लगाउने हो भनेदेखि चाहिँ म पनि विप्लवको कार्यकर्ता हुँ, मलाई पनि प्रतिबन्ध लगा भनेर भनेको हुँ। यो नियम ठिक होइन भन्न खोजेको हुँ। विप्लवका केही गतिविधिप्रति मेरा पनि केही असहमति छन्। तर, राज्यको चरित्रभन्दा विप्लवकै समर्थन गर्नु उपयुक्त भन्न खोजेको हुँ। म समर्थक हुँ विप्लवको। तर, कार्यकर्ता होइन। 

nimb
nimb
Ncell 2
Ncell 2

'सिर्जनशील अराजकता'का अरु दुई अभियन्ता हाङयुग अज्ञात र उपेन्द्र सुब्बासँग प्रायः भेटमा पनि हुनुहुन्छ। कुनै समय सशक्त रुपमा चलेको तपाईंहरूको आन्दोलन पछिल्लो समय सुस्ताएको हो? 
आन्दोलन कमजोर भयो भन्ने त होइन। समग्र नेपालमै पहिचानको राजनीति कमजोर भएको हो कि, त्यसलाई कम चासो भएको हो कि भन्ने धेरैको सोचाइ होला। तर, कुनैकुनै आन्दोलन कुनै समयमा माथि उठ्छ, कुनै समय तल झर्छ। सबै आन्दोलन एउटै हुन्न। हामी सर्जकहरूको आन्दोलन फरक हुन्छ। 

पब्लिकेसन हाउसहरूले अहिले साहित्य त छापेका छैनन्। ठूलाठूला पदमा बसेका व्यक्तिको आत्मकथा छापेर अरुलाई लेख्न लगाएर साहित्यको व्यापार गर्न खोजेका छन्। कहाँ साहित्यको समृद्धि चाहेका छन् र?

बहस गर्ने ठाउँमा कति बहस गरिरहेका छन् वा ब्याक बसिरहेका छन्, वा संगठन गर्दै हिँडेका छन् वा कहाँ सहभागिता जनाइरहेका छन्; यो महत्वपूर्ण हुन्छ। मलाई लाग्छ, हाङयुगजी पनि लेखिरहनुभएको छ। उपेन्द्रजी आफैं सिनेमा लेख्ने र बनाउने काममा लागिरहनुभएको छ। उहाँ अलि त्यता व्यस्त हुनुहुन्छ। तर, लेखन नै गतिशीलता हो। कुनकुन आन्दोलनमा सहभागिता जनाउने र कुनमा समर्थन र नेतृत्व गर्ने भन्ने कुरा हो। आरक्षणकै आन्दोलनको सवालमा पनि हामीले अहिले सशक्त रुपमै सहभागिता जनाइरहेका छौं। समावेशिता र समानताको सन्दर्भमा हामीले हाम्रा आवाज कमजोर बनाएकै छैनौं। हामीले सामाजिक सञ्जालमार्फत नै भए पनि भन्न त भनिरहेकै छौं। यसलाई कमजोर भएको भन्न सकिन्न। यो कवितासंग्रह नै पनि त्यसैको गतिशीलता वा निरन्तरता हो। 

पोहोर एक अन्तर्वार्तामा तपाईंले २०७५ भदौभित्र 'अयोग्य' नामक उपन्यास आउँछ भनेर दाबी गर्नुभएको थियो। तर, आएन। बरु कवितासंग्रह पो आयो…
नसोचेको ढंगले कविता संग्रह नै आएजसरी अयोग्य पनि आउन सक्छ। तयारी त भइसकेको छ। पहिला पनि प्रकाशनको तयारीमा थियो। तर, केही साथीहरूको पाण्डुलिपि एकैपल्ट धेरै आइपुगे। ती पुस्तकहरूमा बढी केन्द्रित भइएछ। ३/४ वटा कृतिको सम्पादन नै गरिएछ। (हाँस्दै) आफ्नै पुस्तक चाहिँ बिर्सी पठाइएछ। अहिले पनि असोजसम्ममा मैले पाण्डुलिपि सबै हेरेर फाइनल गरिनँ भने किताब निकै पछाडि धकेलिन सक्छ। किनकि, त्यसपछि बाहिरतिर जान सक्छु। 

छिट्टै प्रकाशन नगर्नुको कारण त अर्को पनि छ। पब्लिकेसन हाउसहरूले अहिले साहित्य त छापेका छैनन्। ठूलाठूला पदमा बसेका व्यक्तिको आत्मकथा छापेर अरुलाई लेख्न लगाएर साहित्यको व्यापार गर्न खोजेका छन्। कहाँ साहित्यको समृद्धि चाहेका छन् र? यदि सोचेको हो भने राम्रो कृति त आउनुपर्ने हो। कम्तीमा एउटा कृति आइसकेपछि ५/७ जनाले सम्पादन गर्नुपर्ने हुन्थ्यो होला नि। त्यही अनुसारको लगानी हुन्थ्यो। त्यही अनुसारको पाठकलाई कन्भिन्स गर्नुपर्ने हुन्थ्यो होला नि। यो हाउगुजीले पाठकहरू आख्यानसँग असन्तुष्ट छन्। यस्तो बेलामा झन् कमजोर किताब दिइयो भने हामीप्रति विश्वास घटेर जान्छ। आफैंलाई पनि केही त सोच्नैपर्छ लेखकले। 

'हाट भर्ने अघिल्लो रात' कवितासंग्रह कुनै प्रकाशन गृहबाट नभई व्यक्तिको नामबाट प्रकाशन गर्नुभयो। किन?
साहित्यको बजार नै छैन, बिक्री नै हुँदैन भनेर प्रकाशन गृह रोइलो गरिरहेका छन्। त्यसैले हामी आफैं अभ्यास गरौं न भनेर गरेका हौं। अन्तिम समयसम्म सबैजसो प्रकाशन गृहले नमागेका होइनन्। तर, आफैं अभ्यास गरिहेरौं भनेर कुनै प्रकाशन गृहलाई दिइनँ। 

बजारमा कविता संग्रहको प्रतिक्रिया कस्तो? अनि प्रकाशन गृहले भनेजस्तै पुस्तक नबिक्ने नै रहेछ?
बजारमा राम्रो वितरण भइरहेको छ। धेरै ठाउँबाट त माग आइरहेको छ। पाठकहरूबाट पनि निकै राम्रा प्रतिक्रिया आइरहेका छन्। आफैंले अभ्यास गरेपछि के थाहा भयो भने प्रकाशन गृहले भनेजस्तो पुस्तक नबिक्ने पनि होइन रहेछ। भनाइ मात्र रहेछ। 

हामी जातको विरोधी कहिल्यै होइनौं। जुनजुन प्रवृत्तिले समस्या पारेका छन्, त्यसको विरोध हो। जसले शोषण गरिरहेको छ, उसको विरुद्ध विरोध गर्न न जातीयता देख्नुपर्छ, न त साम्प्रदायिकता। 

अघिल्ला कृतिहरूमा तपाईंले जुन ढंगबाट पहिचानका मुद्दालाई उठाउनुभएको थियो। यस संग्रहमा त्यसरी नै उठेका छन् जस्तो लाग्छ?
यो कवितामा ५/७ वटा कविता आख्यानका लागि सोचिएका प्लट हुन्। म कविता लेख्दा आख्यान बढी र आख्यान लेख्दा कविता बढी सोच्दो रहेछु। कवितामा पनि त्यस्तै भएको छ। र, त्यतिबेला पाठकले नबुझ्न सक्छ। यद्यपि, मैले जे लेखे पनि आफ्ना विचारधारालाई कहाँ छाड्न सक्छु र? जुन विधा चलाए पनि आखिर कुरा त उठी नै हाल्छ। मुद्दा सशक्त ढंगले नै उठेका छन्। 

तपाईंको पहिलो उपन्यास 'हेत्छाकुप्पा'मा बाहुन समुदायमाथि घोचपेच गरियो भन्ने केही पाठकहरूको गुनासो रह्यो। इन्द्रबहादुर राईले पनि तपाईंसँगको भेटमा यहीखाले आसय राख्नुभएको थियो। त्यो घोचपेच नै हो वा अरु केही?
मैले पहिलेदेखि नै भनेको हुँ, राजन मुकारुङले कहिल्यै घोचपेच गर्दैन, त्यहाँ आउने क्यारेक्टरले भन्न सक्छ। उसलाई जति परेको छ उति नै भन्न सक्छ। विद्रोह गर्न सक्छ। हामी लेखक हाबी भयौं भने राजन मुकारुङले किन उपन्यासबाट भन्ने त? लेख नै लेखेर भन्ला नि। 

तर, क्यारेक्टरले नै गरे पनि समुदायमा असर त पार्ला नि?
समुदायमा असर पार्ने त हुन्छ। तर, 'बाहुन' भनेर जातलाई गरिएको छैन, प्रवृत्तिलाई गरिएको छ। हामी जातको विरोधी कहिल्यै होइनौं। जुनजुन प्रवृत्तिले समस्या पारेका छन्, त्यो प्रवृत्तिको विरोध हो। यो त लेखकको मात्र काम होइन, आम नागरिकको हो। गलतलाई गलत भन्न नपाइने? साहित्यिक ढंगले बुझे पनि हुन्छ, बिम्वको ढंगले बुझे पनि हुन्छ। अथवा लडाइँ नै गर्न आएछ भनेर बुझे पनि केही फरक पर्दैन। जसले शोषण गरिरहेको छ, उसको विरुद्ध विरोध गर्न न जातीयता देख्नुपर्छ, न त साम्प्रदायिकता। 

प्रकाशित मिति: शनिबार, साउन २५, २०७६  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’?
सम्बन्धित सामग्री
२६ वर्षको संघर्षपछि ‘लज्जावती’मा हिरो बने श्री कृष्ण निरौला, सुनाए फिल्मको कथा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे पनि प्रमुख भूमिकामा देखिने अवसर नपाएका निरौला ‘लज्जावती’मार्फत पहिलोपटक प्रमुख भूमिका... आइतबार, साउन २४, २०८३
‘फिल्म मनोरञ्जन मात्र होइन, यसले समाज बोल्नुपर्छ’ ‘फिल्म एक मनोरञ्जनको माध्यम मात्र होइन, यसले त समाज बोल्नुपर्छ’ भन्ने मान्यता राख्छन् रिम । कक्षा ६ मा पढ्दा फेल भएपछि सँगैका साथिभा... मंगलबार, चैत १९, २०८१
निश्चल बस्नेत भन्छन्– हलहरूले अन्याय गरेपछि ‘दिमाग खराब’को प्रदर्शन रोक्यौं तेस्रो हप्ताबाट हलले ६५ प्रतिशत सेयर लिन्छ र निर्मातालाई ३५ र प्रतिशत दिन्छ। बाहिर हेर्दा फिल्म चलिरहेको पनि देखिन्छ। पैसा कमाइरहेको... बुधबार, कात्तिक २९, २०८०
ताजा समाचारसबै
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा मंगलबार, भदौ ९, २०८३
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्