• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

आमाको आश्रममा एकदिन

64x64
नेपाल लाइभ शनिबार, साउन ४, २०७६  १४:१५
1140x725

'जय-जय-जय हे धर्ती माता
तिमीसँग नटुटोस् हाम्रो नाता
हामी अनेकौं जाति र पाती
एउटै रुखका हौ फूलपाती।'

                                            लेखक

बिहान जब म आश्रम पुगेँ, यिनै शब्दहरु गुन्जिरहेका थिए। प्रांगणमा बालबालिकाहरु लाम लागेर बिहानी प्रार्थनामा व्यस्त देखिन्थे। 

प्रांगणभन्दा केही पर छ, एउटा सुन्दर फूलबारी। जहाँ असंख्य फूलहरुले आफ्नो सुवास छरिरहेका छन्। 

म गेटमै उभिइरहेपछि पाले दाइले गेट खोलिदिनुभयो। 

गेट छेउकै फूलबारीमा देखेँ, आमाले एउटा बालकलाई बडो प्रेमले आफ्नो छातीमा टाँसेर राखेको सुन्दर मूर्ति। म एकटकले त्यो कलालाई नियाल्छु। त्यो अद्भुत दृश्यले एकाएक वशीभूत हुन पुग्छु।

फूलहरु नियाल्दै म अघि बढ्छु। बाटोको दुवैपट्टि फूल र अशोकाका बोटले छुट्टै सौन्दर्य प्रवाह गरिरहेका छन्। 

फूलको बगैंचा हेर्दाहेर्दै म घरको मूल प्रवेशद्वारमा पुगिसकेको हुन्छु। जहाँ एक जना सानी बहिनीले बोलाउँदा पो झसंग भएँ। 

Ncell 2
Ncell 2
nimb
nimb

'दाइ, आमालाई खोज्नु भा हो?' 

मैले 'हो' भन्दै मुन्टो दायाँबायाँ हल्लाएँ। उनैले लिएर मलाई आमासम्म पुर्‍याइन्। मैले आमालाई ढोग गरेँ। 

आमा अर्थात् विराटनगरस्थित पूर्वाञ्चल बालसेवा आश्रमकी संस्थापक अध्यक्ष सीता पोखरेल। 

के बालक, के वृद्ध, उहाँ हरेक नेपालीकी आमा। 

Xtrem

Xtrem

OOO

तिलचामले केश। शरीर पहिलेभन्दा अलि कमजोर हुँदै गइरहे तापनि उहाँको सहयोग गर्ने मन र हातहरु झन् बलियो। 

'शरीर अलि कमजोर भएको हो आमा?' सम्बोधनपछि मेरो पहिलो प्रश्न।

उहाँले मुस्कुराउँदै भन्नुभयो, 'यो त समय चक्र हो। सबै जना बूढाबूढी हुनैपर्छ। शरीर अलिकता बूढो भो। घुँडा दुखेर अलि हिँड्न गाह्रो हुन्छ।' 

मानव सेवाबारे उहाँले व्याख्या गर्दै जानुभयो। 

'मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो बाबु। मैले आफ्नो सम्पूर्ण जीवन मानव सेवामै समर्पित गरेको छु र जीवन रहेसम्म गर्नेछु।' 

उहाँका यी शब्दहरु सुनिरहँदा कुनै महान् दार्शनिकको महान् पुस्तक पढे जस्तै लागिरह्यो। 

आमा बोल्दै जानु भो र बीचमा रोकिएर लामो सुस्केरा काढ्नुभयो। 

जीवन कठिन छ। भनेजस्तो कहाँ सजिलो छ र जीवन। यहाँ आश्रममा यस्ता धेरै उदाहरण रहेछन्। जसबारे आमाले मलाई सरसरती बताउनुभयो।

‘एउटा छोरी छे, जो हस्पिटलमा मृत आमाको दूध चुस्दै गरेको अवस्थामा भेटेर ल्यायौं। अहिले त्यो छोरीको विवाह गरी बिदा गरिसकेका छौं। तीजको एउटा कार्यक्रममा म महिला कारागर गृह गएको थिएँ। त्यहा एउटा बच्चा र आमा सँगै बसेको देखेँ। 'बच्चा चाहिँ आमाले राखिदिनुपर्‍यो' भनेर एक जना जेलरले भने। हामी आमाबुवा भएका बच्चा राख्दैनौं भनेर भनेँ मैले। तर बच्चाको आमाले नै भनिन्, ‘म एक्लो छु, मेरो कोही पनि छैन। मेरो बच्चा राखि दिनुहोस्। म पनि आमश्रमै सेवा गरेर बस्नेछु। त्यसपछि मैले बच्चालाई आश्रम ल्याएँ,’ आमाले विगत बताउनुभयो।

आमाको कति ठूलो छाती। कति उदारमन। सायद होला सबैले 'आमा' भनेर सम्बोधन गरेको।

यहाँ सानो दुईवर्षे बालकलाई मैले पनि भेटेँ, आश्रमकै गाईगोठ जाँदा। बडो हँसिलो र उज्यालो अनुहार। पहिलो भेटमै 'मलाई बोक्नुहोस् न' भन्यो उसले। म हेरिरहेँ उसलाई टुलुटुलु। 

त्यो सानो बाबुले फेरि भन्यो, 'मलाई बोक्नुहोस्, नभए तपाईंसँग बोल्दिन के, कट्टी।' ओहो कति बाठो।

त्यसपछि उसलाई बोकेँ। हामी गाईगोठ घुम्यौं। आँप बगैंचामा रमायौं। करेसाबारीतिर पनि गयौं। अनि घुम्यौं आनन्द कुटी (वृद्धाश्रम)। जहाँ हजुरआमाहरु कोही घाम ताप्दै त कोही रुद्राक्षको माला हातमा लिएर जप ध्यानमा हुनुहुन्थ्यो। 

सबै हजुरआमाहरुसँग बोल्दै, नमस्कार गर्दै अघि बढेँ। अनि भेटेँ मैले जोशीनी हजुरआमालाई। उहाँ बडो मजाले कुराकानी गर्नुहुदो रहेछ। 

'केही खान सक्दिनँ। दात एउटा नि छैन। त्यही भएर म केटाकेटीहरु जस्तै यो चिजबल खान्छु,' जोशीनी हजुरआमाले हाँस्दै भन्नुभयो। 

'यो चिजबलले त गाह्रो पार्ला नि?' भन्दा उहाँले थप्नुभयो, 'यो त मुखमा राखेपछि चपाउनै पर्दैन। आफै गलेर जान्छ। त्यही भएर यो मात्र खान्छु।' 

'हजुरआमा तपाईंका छोराहरु छैनन्?' मैले सोधेँ। 

'छैन बाबु छैन। दुई भाइ थिए। सानैमा बिते। सम्पत्ति हुँदा सबै जना आफ्ना, आज केही नहुँदा, कसैले चिन्दैनन्। म त यहीँ विराटनगरको स्थानीय मान्छे। तर आज एक्लो भएको छु। तर मलाई केही पिर छैन। यहाँ हामीलाई माया गर्ने सीता आमा हुनुहुन्छ।' 

त्यसपछि हामी सरस्वती र शिव मन्दिर घुम्यौं। फेरि फर्कियौं आमाकहाँ।

आमाले भन्नुभयो, 'सञ्चालनको लागि, दैनिकी त जसोतसो चल्दैछ तर मलाई भविष्यको चिन्ता छ। आफूले जन्माएको बिरुवा हो।' 

अलिकति अक्षयकोष राख्न पाए हुन्थ्यो भन्ने सोच रहेछ उहाँको। उहाँका अनुसार प्रत्येक दिन एक जनासँग एक रुपैयाँको दरले वर्षमा तीन सय पैंसठ्ठी रुपैयाँ संकलन हुने रहेछ। तर यति सानो रकमले के नै गर्न सकिन्छ र।

‘कसैले खुसीले जति दिए पनि अक्षयकोषमा जम्मा गर्दैछु। आफूले पढ्न लेख्न नपाए पनि  छोराछोरीहरुलाई शिक्षित बनाएँ, बनाउँदैछु। कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने मेरो परिकल्पना हो, यो आश्रम,' उहाँले आश्रमको अवस्थाबारे भन्नुभयो, 'यस संस्थाको कुनै पनि स्थायी आयस्रोत छैन। सबै स्थानीय सहयोगबाट सञ्चालन भइरहेको छ।’

झन्डै २९ वर्ष भएको रहेछ यो आश्रममा माघे संक्रान्ति कार्यक्रम सञ्चालन भएको। यस कार्यक्रमको मुख्य सहयोगी विमला पोद्दार हुन्। 

एक दिन विमला पोद्दार र म आश्रमको अवस्थाबारे कुरा गर्दै थियौं। 

माघे संक्रान्ति पनि आउँदै थियो। उहाँले भन्नुभयो, ‘संक्रान्तिमा सबैले दानदक्षिणा गर्छन, त्यो दानदक्षिणा हामी आश्रमको लागि किन नलिने?'

उहाँले नै आश्रमको नाम भएको झोला तयार गरेर ल्याइदिनुभयो। हामीले घरघरमा गएर ती झोलाहरु बाँड्यौं। 

दुई-तीन दिनपछि हामी झोला लिन जाँदा, दाताहरुले झोला भरिभरि सामानहरु राखेर सहयोग गर्नुभएको थियो। आज पनि यो क्रम जारी नै छ। त्यसपछि फेरि एक जना दाताले मैले भने बमोजिम प्लाटिकका बट्टाहरु बनाइदिनुभयो र ती बट्टाहरु लिएर दाताहरुको घरघरमा गयौं र भन्यौँ, 'यो बट्टा राखिदिनुहोस् घरको कुनै कुनामा। हजुरहरुको घरमा पाक्ने प्रत्येक छाकबाट एक मुठी मात्र चामल यस बट्टामा राखिदिनुहोस्। हामी हरेक महिनाको अन्तिम दिन यो लिन आउनेछौं।'

दाताहरुले हाँसीहाँसी बट्टा राखिदिनुभयो। महिना दिनपछि हामी ती बट्टाहरु लिन जाँदा उहाँहरुले चामल मात्र होइन, तेल, दाल मिठाइ, बिस्कुट आदि राखिदिनुभएको रहेछ।

यसरी यो आश्रम परिवारमा बालबालिका र वृद्धवृद्धा गरी ८४ जनाको पालनपोषण भइरहेको छ। 

OOO

संस्थाको अवस्था र आफूले भोगेका दु:खबारे सीताआमाले सुनाइरहँदा कुनै महान् कथाकारको कथा सुने जस्तै लागिरह्यो। त्यही क्षण फेरि आश्रममा कोही दाताहरु आउनुभएको खबर आयो। मैले आमासँग बिदा लिदै गर्दा उहाँले भन्नुभयो, ‘अर्को भेटमा सुरुमा आश्रम सञ्चालन गर्दा भोगेका संघर्ष कुराहरु पनि सुनाऊँला।’ 

'हस्' भन्दै म बिदा भएँ। त्यहाँबाट म मात्रै फर्किइनँ, आमाको ठूलो आशीर्वाद पनि साथै लिएर फर्किएको छु। 

प्रकाशित मिति: शनिबार, साउन ४, २०७६  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्