• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

देश फर्किनेका फोस्रा कुरा

64x64
नेपाल लाइभ शनिबार, असार २८, २०७६  १३:१०
1140x725

नेपाल किन बन्न सकेन भन्ने ‘टपिक’ अब पुरानो भइसकेको छ। सम्भवतः यसमा मेरा थप ‘गनगन’ सुन्ने जाँगर तपाईं पाठकलाई नहोला। त्यसमाथि, मलाई व्यक्तिगत रूपमा नेपाल बन्न नसकेकोमा चिन्ता अनि नेपाल बनाउन पाए हुन्थ्यो भन्ने हुटहुटी दुवै छैन- कमसेकम आजभोलि।

विकास-अविकास तथा समृद्धि-गरीबी अर्थ-राजनीति र इतिहाससँग जोडिएका प्रश्न हुन्। यिनको विवेचनाका लागि समाज र इतिहासको गहिरो अध्ययन चाहिन्छ। मेरो अध्ययन नेपालको अविकासका कारण र तिनको निदानका उपाय पत्ता लगाउन पर्याप्त छैन।

यद्यपि, विकासका संकथन र तिनमा देखिने विरोधाभाष केलाउने मेरो चाखको विषय हो। यो लेख यही रहरको पटके निरन्तरता हो।

नेपालमा दुईथरीका मानिसहरू भेट्न सकिन्छ। एकथरी मानिस छन्, नेपाल ‘बन्न नसकेको’मा अति चिन्तित। केही आक्रोशित। तर, लाचार।

अर्काथरी छन्, नेपाल ‘बनाउने’ काम आफ्नो पनि व्यक्तिगत जिम्मेवारी ठानेर त्यसमा लागिपरेका उत्साही। केही गर्न व्यग्र। आफ्नो रुचि, प्राथमिकता र करिअरलाई थाती राखेर देश बनाउन लागिपर्ने योद्धा।

आजको लेखमा देश बनाउन कटिबद्ध यिनै उत्साही मनहरूको बारेमा विशेष चर्चा गर्नेछु।

'म यस्तोउस्तो मान्छे- नेपाल फर्केर आएँ, अब देश बनाउने काममा लाग्छु' भनेर उद्‍घोष गर्नु भनेको आफ्नो अहंको प्रदर्शन र अरूलाई होच्याउने काम हो। 'म नेपाल फर्केर देश बनाउन आएँ त्यसैले अरूले मप्रति अनुगृहीत हुनुपर्छ' भन्ने कामना हो।

सुरु गरौं एउटा अनुभवबाट- विकसित भनिएका देशका मानिसहरूसँग कुरा गर्दा मलाई महसुस हुने कुरा के भने उनीहरू (विशेषगरी पढेलेखेका र चेतनशील मानिसहरू) आफूलाई देशसँग जोड्ने कुरामा चासो राख्दैनन्। आफ्नो पेशा, दक्षता, रुचि-अरुचि, व्यक्तिगत चासो, भविष्यको योजना आदि बारेमा कुरा गर्छन्। आफ्नो देशको र विश्वका घटनाक्रमका बारेमा चिन्ता पनि व्यक्त गर्लान्। तर, आफू नागरिक भएको देश राम्रो वा नराम्रो हुनुमा आफ्नो भूमिका देख्दैनन्।

nimb
nimb
Ncell 2
Ncell 2

अविकसित देशका मानिसको मनोवृत्ति भने अलि फरक छ।

अविकसित देशका मानिसहरूमा देश र व्यक्तिका बीचको सम्बन्ध ‘चट्टानी’ छ। मानिसहरू आफ्नो इज्जतसँग देशको इज्जत गाँसिएको ठान्छन्। देशबाहिर रहेका बेला वा विदेशीसँग कुरा गर्नुपर्दा आफूलाई देशको दूत भएको जस्तो गरी कुरा गर्छन्। सकिनसकी आफ्नो देशको बढाइचढाइँ गर्छन्। नराम्रो कुराको ढाकछोप गर्छन्। अरू देशकाले होच्याएर केही भनेजस्तो लाग्यो भने त्यसको तुरुन्त त्यसको प्रतिवाद गर्छन्- र उस्तै परे झगडा गर्न पनि तम्सिहाल्छन्।

नेपालबाहिर हुने सभा-सेमिनारमा कहिलेकाहीँ भारत, पाकिस्तान, बङ्लादेशका मानिसहरू आफ्नो देशको बचाउ गर्ने क्रममा अलि तलसम्म पुगेको देखेको छु। ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर काठमाडौँका ट्याक्सीका ढाडमा पेन्ट गर्ने काम सम्भवतः यो मानिसकताको अर्को सरल उदाहरण हो।

देश मेरो हो र यसको रक्षा मैले गर्नुपर्छ भन्ने मनोभाव अविकसित देशको रमाइलो विशेषता हो। यो विशेषतासँग जोडिएको न्यारेटिभ बहुआयामिक र जटिल छ। यसको बृहत् विश्लेषण यो लेखमा सम्भव छैन। यसका केही उदाहरणको भने छोटकरीमा चर्चा गर्न चाहन्छु।

एउटा उदाहरण हो विदेशमा बस्ने ‘नेपाली’लाई व्याख्या गर्ने नेपाली मिडियाको प्रवृत्ति! 
'नेपाली चेलीले जितिन् मिस टिन क्यालिफोर्नियामा फस्ट-रनर-अपको उपाधि'
'नेपाली मुलका फलाना अस्ट्रेलियाको ढिस्काना टाउनको मेयरका उमेदवार'

नेपालका अखबारमा पटकपटक, प्राय हप्तैपिच्छे, छापिने समाचारका शीर्षकका उदाहरण हुन् यी। यी शीर्षकले के भनिरहेका छन् भने नेपालीहरू संसारका विभिन्न भागमा गएर नेपालको इज्जत राख्नमा लागिपरेका छन्। उनीहरूले आफू बसेको ठाउँमा गरेको उपलब्धि नेपालको उपलब्धि हो। यसमा समग्र नेपालीले गौरवान्वित हुनुपर्छ।

सन्दर्भ महिलाको छ भने उनलाई ‘चेली’ भनिन्छ, अर्थात् आफ्नै दिदीबहिनीजस्तो। नजिकको नातेदार।

विदेशको सुखसयल छोडेर नेपालको विकास गर्न स्वदेश फर्केको भन्ने हल्लाखल्लामा एउटा त विकास वा सामाजिक रूपान्तरणबारेको हचुवा बुझाइ छँदैछ, आफूलाई बढाइचढाइँ गरेर कामले भन्दा नामले मानसम्मान खोज्ने प्रवृत्ति पनि उत्तिकै ‘जबरजस्त’ छ।

यो त भयो मिडियाले नेपालबाहिरका नेपालीलाई प्रस्तुत गर्ने शैली। नेपालबाहिरका नेपालीको नेपाललाई बुझ्ने शैली पनि कम रोचक भने छैन!

नेपालबाहिर बसोबास गरिरहेका नेपालीहरू -प्राय विकसित मुलुकमा रहेका हुनेखाने वा जागिरे- आफूलाई केही समयका लागि मात्र त्यता बसेको भन्ठान्छन्। उनीहरूको अन्तिम लक्ष नेपाल फर्किने र यसको विकास गर्ने नै हो। यसका लागि चाहिने सिप, स्रोत र उपर्युक्त वातावरण मिल्नासाथ उनीहरू नेपाल फर्किहाल्नेछन्। त्यसपछि नेपालको विकासमा कटिबद्ध भएर लाग्नेछन्।

सबैका कुरा पत्याउने र आँकडा अनुमान गर्ने हो भने संसारभर छरिएका लाखौँलाख नेपालीहरू भनेका आफ्नो देशको विकास गर्न स्वदेश फर्किने प्रतिक्षामा अस्थायीरूपमा विदेशमा बसोबास गरिरहेका मानिस हुन्।

यसमा आजभोलि अर्को रोचक प्रवृत्ति थपिएको छ। केही मानिसहरू नेपालको विकास गर्न साँच्चै नै विदेशबाट फर्केर आउन थालेका छन्। आजभोलि यसबारेको विज्ञप्ति नै मिडियामा पढ्न पाइन्छ। मिडियाको विज्ञप्तिमा कति ठूलो पद, कति धेरै सुखसुविधा, कति राम्रो पेशागत भविष्य छोडेर फलानो-चिलानो नेपाल फर्किनुभयो (वा म फर्केर आएँ) भनेर विस्तृतरूपमा खुलाइएको हुन्छ।

अमेरिका अहिले गहिरो समस्यामा छ। गोरो राष्ट्रवादले समाजको एकता भाँडेको छ। बेलायत ब्रेक्जिटका कारण अस्थिर र अन्यौलग्रस्त अवस्थाबाट गुज्रिरहेको छ। नो डिल ब्रेक्जिटपछि के हुने हो भनेर बेलायतका मानिसहरू गहिरो चिन्तामा छन्। अन्य देश (जस्तै जर्मनी) मा पनि समस्या नभएका होइनन् -एङ्गेला मेर्केलको कार्यकालपछि नेतृत्त्वको बागडोर सम्हाल्न सक्ने सक्षम नेता नभएकोमा राष्ट्रिय निराशा छ। इटालीमा अति दक्षिणपन्थीहरूले समाजलाई विभाजित बनाएका छन्। फ्रान्समा श्रमिक अधिकारका नाममा भइरहेको पहेँलो सर्टवालाहरूको आन्दोलनले शान्तिसुरक्षा र जनताका दैनिकीलाई अहिले पनि प्रभाव पारिरहेका छन्।

यसो भए तापनि अमेरिका, बेलायत, जर्मनी, इटाली, फ्रान्सका नागरिक आफू हाल बसिरहेको देश छोडेर आफ्नो देशको समस्या समाधान गर्न भनेर नै घर फर्के अरे भनेको त सुनिन्न!

त्यसैले, विदेशमा बस्ने नेपालीहरू जागिर, सुखसयल र पेशागत भविष्य नै त्यागेर देशका समस्या समाधान गर्न फर्किने प्रवृत्ति देख्दा मेरो मनमा एउटा प्रश्न पैदा हुन्छ- देश कस्तो अवस्थामा हुँदा, कस्तो खालको समस्या आइपर्दा, वा समस्या कति जटिल हुँदा विदेशमा बस्ने मानिसले बाध्य भएर आफ्नो देश फर्किनुपर्ने हो?!

नेपाल बस्ने वा नबस्ने, नेपाल फर्केर आउने वा बाहिरै बसिरहने भन्ने कुरा नितान्त व्यक्तिगत निर्णयका कुरा हुन्। यस आलेखको उद्देश्य नेपाल फर्केर आउनेहरूको निर्णयमा प्रश्न गर्ने बिल्कुल होइन । यसो गर्नु वास्तवमा मानिसको व्यक्तिगत रोजाइ र निर्णयमाथिको भद्दा टिप्पणीमात्र हो।

यस आलेखमा उठाउन खोजिएको विषय नेपालका बारेमा चिन्ता गरेर नेपाल फर्केर आएको भन्ने कुरालाई प्रस्तुत गर्ने शैली र यसैसँग जोडिएको मानसिकताको हो।

नेपाल अहिले जुन अवस्थामा छ त्यसको कारण केही कुशल र इमानदार व्यवस्थापक, घघडान बुद्धिजीवी, दक्ष प्राविधिक, सफल उद्योगपतिको अभाव होइन। नेपालको विद्यमान अधोगति जटिल र बहुआयामिक छ।

राजनीतिक अधिकारका लागि भएको हिंसात्मक संघर्ष समृद्धिको हचुवा गफमा पुगेर विसर्जन भएको छ। लोकतान्त्रिक पद्धतिबाट निर्वाचित शक्तिहरू लोकतन्त्रका मूल मान्यता र संस्था ध्वस्त पार्ने षड्यन्त्रमा लिप्त भएका छन्। राज्यबाट वैधअवैध रूपमा लाभ उठाइरहेकाहरूको गठजोड पारदर्शिता र जवाफदेहिताको अन्त्य गर्ने महाअभियानमा लिप्त छ।

अर्को शब्दमा भन्दा संसारका कतिपय अन्य मुलुकहरूमा झैँ नेपालमा पनि अहिले राज्य र नागरिकको सम्बन्धमा गहीरो सङ्कट सिर्जना भएको छ। सामाजिक न्याय, अभिव्यक्ति स्वतन्त्रता, जनताको राजनीतिक अधिकार, नागरिकलाई राज्यले दिनुपर्ने सेवा र सुरक्षा धरापमा परेका छन्। सार्वजनिक सेवा प्रवाहको अवस्था थप कमजोर भएको छ। संघीयताको कार्यान्वयन ठप्प छ।

नेपालको विकास नभएको कारण देशको र विश्वको अर्थराजनीतिसँग जोडिएको छ। यसको क्विक फिक्स समाधान छैन। हामीले कुरा गर्ने भनेको न्यायपूर्ण, दिगो र वातावरणमैत्री समाधान हो।

यस्तो परिस्थितिमा- देशमा बसेको होस् वा बाहिरबाट आएको होस्- एउटा व्यक्तिका बारेमा अरूले राख्ने चासो भनेको उसले यी विषयहरू कति गहिराइमा बुझेको छ र यसलाई चिर्न उसँग के-कस्ता उपाय वा विचार छन् भन्ने हो। उसले कस्तो जागीर खान्थ्यो वा अहिले नेपालमा कुन समितिको सदस्य छ भन्ने होइन।

कुरा सरल छ तर अप्रिय पनि लाग्न सक्छ- विदेशको सुखसयल छोडेर नेपालको विकास गर्न स्वदेश फर्केको भन्ने हल्लाखल्लामा एउटा त विकास वा सामाजिक रूपान्तरणबारेको हचुवा बुझाइ छँदैछ, आफूलाई बढाइचढाइँ गरेर कामले भन्दा नामले मानसम्मान खोज्ने प्रवृत्ति पनि उत्तिकै ‘जबरजस्त’ छ।

विकासबारेको हचुवा बुझाइलाई एकपटक फेरि ओल्टाइपल्टाइ हेरौँ।

नेपालको विकास नभएको राजनीतिक अस्थिरता भएर; कर्मचारी सक्षम र इमानदार नभएर; भारतको हस्तक्षेप बढी भएर; उत्तर र दक्षिणका उदाउँदा शक्तिशाली मुलुकको प्रगतिबाट फाइदा लिने रणनीति नभएर भन्ने खालका ‘नेपाल किन बन्न सकेन’ भन्ने टपिकमा हल्ला गर्नेहरूको पाङ्दुरे बुद्धिविलास समयको बरबादी मात्र हो।

माथि भनिएझैं नेपालको विकास नभएको कारण देशको र विश्वको अर्थराजनीतिसँग जोडिएको छ। यसको क्विक फिक्स समाधान छैन। हामीले कुरा गर्ने भनेको न्यायपूर्ण, दिगो र वातावरणमैत्री समाधान हो। नेपालका पुराना राजनीतिक दल कुनैमा सामाजिक रूपान्तरण बारे गहिरो दृष्टिकोण छैन।

वैकल्पिक भनेर खोलिएका पार्टीको हविगत पुरानाको भन्दा टिठलाग्दो छ। उनीहरूको विचारमा त झन् केही इमानदार र जान्ने मान्छेहरूले ठोकठाक, जोडजाड गरेपछि देश बनिहाल्छ भन्ने बुझाइ छ। वैकल्पिक भनिएका पार्टीहरूले कुनै सामाजिक संस्था वा सानोतिनो उद्यम/व्यवसाय चलाउन सक्छन् भन्नेमा पनि मलाई शंका छ। देश त परको कुरा!

नेपालको राज्यसंरचना अहिले देशको ढुकुटीमा सोझो पहुँच हुने सीमित वर्गको स्वार्थको चङ्गुलमा फसेको छ। अजङ्गको आकार भएको सेना, उच्च तहका कर्मचारी, केही नेता, सीमित व्यापारी, ठेकेदार र यिनीहरूबीच कुरा मिलाएर नाफा खाने दलालहरूले राज्यसत्तामा कब्जामा जमाएका छन्।

सोचविचार गर्न धेरै समय नचाहिएपछि वैकल्पिक दलका नेताहरूलाई लाइभ अन्तर्वार्ता दिन भ्याइनभ्याई छ। जसमा उनीहरूका तर्क उही छन्– 'नेता इमानदार नभएर देश बिग्रियो। हामी इमानदार छौं। बाठा पनि छौं। गरेर देखाउँछौ‌ं।'

यो 'नेक्सस' ब्रेक गर्ने ‘इन्सेन्टिभ’ ठूला दलमा हुने कुरै भएन । वैकल्पिक भन्ने दलहरूसँग त यो नेक्ससलाई बुझ्ने बौद्धिक चेत पनि छैन। उनीहरूको बुझाइमा नेपालको गरिबी सप्लाई चेन व्यवस्थापन गर्न नसकेको चिया उद्योग वा दक्ष परिचालकको अभावमा कमजोर भएको एनजिओ जस्तै हो।

हिन्दी र उर्दुमा एउटा शब्द छ 'जुगाड'। जुगाडको अर्थ हो जटिल समस्याको सस्तो र हल्काफुल्का समाधान। वैकल्पिक पार्टीका नेताहरू अविकासको 'जुगाड' खोज्न चाहन्छन्। जस्तै, चीनबाट चुच्चे रेल काठमाडौँ ल्याउने वा थापाथली पुलमा फ्लाइओभर बनाउने!

सोचविचार गर्न धेरै समय नचाहिएपछि वैकल्पिक दलका नेताहरूलाई बिहानदेखि बेलुकासम्म हस्याङफस्याङ गर्दै एकपछि अर्को टेलिभिजन स्टुडियोभित्र छिरेर लाइभ अन्तर्वार्ता दिन भ्याइनभ्याई छ। जसमा उनीहरूका तर्क उही छन्– 'नेता इमानदार नभएर देश बिग्रियो। हामी इमानदार छौं। बाठा पनि छौं। गरेर देखाउँछौ‌ं।' बाँकी रहेको समय ट्विटर र फेसबुकलाई छँदैछ।

अन्तिममा कुरा गरौँ देश बनाउन फर्केर आएको हल्लासँग जोडिएको मानसिकताको।

फर्केर आफ्नो देश आउने नेपाली लाखौँको सङ्ख्यामा छन्। तिनीहरू आ-आफ्नो पेशा-व्यवसाय गरेर बसेका छन्। कतिले आफ्नो विशिष्ट क्षमता र उद्यमशीलता पनि देखाएका छन्। आफ्नो प्रयत्नमा सफल हुनेहरू प्रशस्त छन्। नेपाल फर्केर आउने दक्ष, प्रतिभाशाली मानिसहरूको कमी छैन।

त्यसैले, 'म यस्तो उस्तो मान्छे नेपाल फर्केर आएँ अब देश बनाउने काममा लाग्छु' भनेर उद्‍घोष गर्नु भनेको आफ्नो अहंको प्रदर्शन र अरूलाई होच्याउने काम पनि हो। 'म नेपाल फर्केर देश बनाउन आएँ त्यसैले अरूले मप्रति अनुगृहीत हुनुपर्छ' भन्ने कामना हो। जुन मेरो विचारमा सामन्ती मानसिकताको परिचायक हो।

कुनै नेपाली कुनै उद्देश्यले नेपाल फर्केर आउँदा बाँकीले किन अनुगृहीत हुने?

कुनै व्यक्तिलाई समाज र देशले मूल्यांकन गर्ने भनेको कहाँबाट, कसरी, के छोडेर फर्क्यो भनेर होइन। यी झिनामासिना कुरा हुन्। मूल्यांकनका आधार मानिसिक व्यक्तित्व र काम हुन्।

माथि एउटा अनुच्छेदमा अन्य देशका नागरिकले आफ्नो बारेमा कसरी सोच्छन् भन्ने कुराको चर्चा गरेको थिएँ। त्यसमा यो प्रसङ्गमा थप्नुपर्ने कुरा के छ भने नेपाल जस्ता देशमा देखिने अगाध देशप्रेम विकसित भनिएका देशका नागरिकसँग हुँदैन।

मेरा केही मित्र र सहकर्मीहरू आफ्नो रुचि र अनुकूलता अनुसार आफ्नो देश छोडेर कोही थाइल्यान्ड, कोही इन्डोनेसिया, कोही ब्राजिल, कोही अफ्रिकाका विभिन्न मुलुक र कोही नेपालमा आएर स्थायीरूपमा बसेका छन्। उनीहरू आफ्नो जीवनको अन्त्यसम्म यसरी नै ‘अरू’ देशमा रहन चाहन्छन्। उनीहरूका लागि नागरिकताको अर्थ औपचारिकमात्र हो र व्यक्तिगत रुचि प्राथमिक हो।

नेपालजस्ता अविकसित देशहरूमा भने यो प्रवृत्ति ठिक उल्टो छ। 'बस्न त त्यो देशमा राम्रो थियो तर आफ्नो देशको मायाले फर्केर आएँ' भन्ने धेरैको मुखबाट सुनिन्छ।

देश जति गरिब र निकम्मा भयो त्यति नै बढी देशभक्ति उर्लेर आउने रहस्य विद्वानहरूले पक्कै खोतलेका छन्। मेरा लागि भने यो रोचक उत्सुकताको कुरा हो।

अब बिट मारौँ है!

लेखको उद्देश्य कसैलाई होच्याउने वा घृणा गर्ने होइन। मेरो लेख कसैको आलोचना (criticism) होइन, निश्चित प्रवृत्तिको लेखाजोखा (critique) हो। व्यक्तिगत रूपमा मेरो सबैलाई सम्मान छ। यद्यपि, राजनीति र सामाजिक रूपान्तरणको अभियानमा लाग्नेहरूले आफ्ना भनाइ, गराइमा रहेको विरोधाभास राम्रोसँग मनन गर्नुपर्छ। कुनै व्यक्तिलाई समाज र देशले मूल्यांकन गर्ने भनेको कहाँबाट, कसरी, के छोडेर फर्क्यो भनेर होइन। यी झिनामासिना कुरा हुन्। मूल्यांकनका आधार मानिसका व्यक्तित्व र काम हुन्। यसका लागि बसाइँ सर्नु पर्दैन। फर्केर आफ्नै देशमा आउने हो भने पनि राम्रो काम गरेर प्रभाव छोड्ने कुरामा ध्यान दिनुहोस्। मानिसहरूले असल कामको मूल्यांकन अवश्य गर्नेछन्।

(यो सामग्री पोखरेलको ब्लगबाट साभार गरेका हौं।

प्रकाशित मिति: शनिबार, असार २८, २०७६  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर
कुन कुन राजमार्ग अवरुद्ध छन्?
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, वैशाख १९, २०८३
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्