• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

शीतलहर खेपिरहेका सप्तरीका दलितहरुको भोगाइ : गरीबका लागि जाडो काल जस्तै!

64x64
नेपाल लाइभ सोमबार, पुस १७, २०७४  १६:४४
1140x725

राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ का ७५ वर्षीय रामजी पासवान यतिबेला थला परेका छन्। सामान्य बिरामी रहेका पासवान पछिल्लो ४/५ दिनदेखि अत्यधिक चिसो बढेपछि ओछ्यान नै परे। दृष्टिविहीन समेत रहेका रामजी ओछ्यान परेपछि पत्नी झलियादेवीलाई ‘उठि सुख न बसी सुख’ भएको छ।

आयश्रोतका नाममा केही पनि नभएका पासवानको परिवारमा यतिबेला दुई बूढाबूढी बाहेक कोही छैन। भएका दुई छोरी समेत विवाह गरेर गएपछि झलियाले नै बिहान–बेलुकाको हातमुख जोर्ने मेसो मिलाउँदै आएकी छिन्। 

‘गिरहत (मालिक) को खेतमा काम गरेर आएको ज्याला–मजदुरीले हाम्रो पेट पालन हुँदै थियो’, उनले भनिन्, ‘अब बिरामी रुँघेर बसूँ कि हाजिरा कमाउन जाऊँ।’

बिहान खाए बेलुका के खाऊँ भनेर चिन्ता गर्नुपर्ने बेलामा चार–पाँच दिनदेखि बढेको शीतलहरले ज्यान बचाउन पनि मुस्किल परेको उनले दुःखेसो गरिन्। 

करिब ५ सय पासवान परिवारको बसोबास रहेको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ को कञ्चनपुर र जगतपुर क्षेत्रमा एक/दुई परिवार बाहेक अधिकांशको अवस्था यस्तै छ। स्थानीय सञ्चारकर्मी समेत रहेका श्यामकुमार पासवान भन्छन्, ‘अधिकांशले रिक्सा चलाउने तथा अरुको खेतमा ज्याला मजदुरी गरेरै जीविका चलाउँछन्।’

बेल्ही चपेना गाउँपालिका वडा नम्बर ५ का ६० वर्षीय कमल मरिक यतिबेला ओछ्यानबाट उठ्नै छोडेका छन्। पुस लाग्नासाथ ठन्डीका कारण ओछ्यान परेका उनी तंग्रिनु त परै जाओस्, यसपालिको जाडो काट्न सक्छन् कि सक्दैनन् भन्ने चिन्ताले परिवारजनलाई पिरोलेको छ।

गतिलो बास, लत्ताकपडा र दुई छाक खानपिनको समेत क्षमता नभएका डोम (मरिक) हरुको उक्त बस्तीमा यसपालिको जाडो कसरी काट्ने भन्ने सबैको साझा चिन्ता छ। 

पोहोरको पुसमा आफू चिसो लागेर सिकिस्त भएको बताउँदै कमलकी पत्नी अरहुलिया देवीले यसपालि श्रीमान् नै थलिएको बताइन्। 

nimb
nimb
Ncell 2
Ncell 2

‘यो जाडो मौसम हामी जस्ता गरीबका लागि त कालसरह नै भएको छ’, उनले पीडा पोखिन्, पोहोर आफैं कसो मरिनँ, अहिले उहाँ इन्तु न चिन्तु हुनुहुन्छ।'

समस्या रामजी र झलियादेवी तथा कमल र अरहुलियाको मात्र होइन, सप्तरीका प्रायः सबै दलित बस्तीमा यतिबेला यस्तै समस्या छ। सप्तरीका छिन्नमस्ता, बनैनियाँ, फुलहरा, मटिगढी, नेगडा, कोचाबखारी लगायतका ग्रामीण बस्तीका डोम, पासवान, मुसहर लगायतका दलित परिवारमा खाने-लगाउने सँगै चिसोबाट कसरी बाँच्ने भन्ने समस्या रहेको डोम उत्थान समाज सप्तरीका अध्यक्ष युक्तिलाल मरिकले बताए।

जिल्लामा तीन सय १५ डोम परिवारको बसोबास रहेको जानकारी दिंदै उनले दलितमध्ये पनि सबैभन्दा विपन्न डोमहरु नै रहेकाले पनि उनीहरुको जिन्दगी सर्वाधिक कष्टकर रहेको बताए। युक्तिलालका अनुसार चिसोले बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित छन्।

जाडोयाममा यदाकदा कुनै संघसंस्थाले लत्ताकपडा बाँड्न आए पनि टाठाबाठाकै हालीमुहाली हुने गरेको बताउँदै फुलहराकी शान्तिदेवी मरिकले आफू जस्ता निमुखाका लागि त्यो पनि आकाशको फल जस्तै भएको पीडा सुनाइन्।

‘जसलाई सबैभन्दा बढी आवश्यकता छ, उसले पाउँदै-पाउँदैनन्’, उनले भनिन्, ‘गरीबले पाउनुपर्ने राहतमा पनि टाठाबाठाको रजाइँ चल्न थालेपछि कसको के लाग्छ?’

गाउँ बस्तीभन्दा अलग्गै ऐलानी जग्गामा झुप्रो बारेर बसेका डोमहरुको पुर्ख्यौली पेशा सुँगुरपालन हो। अहिले जिल्लामा खुला दिसामुक्त अभियान चलेको र सुँगुर पाल्न बन्द गर्नु भन्दै उर्दी जारी गर्न थालिएपछि त्यो पेशा पनि समाप्त हुने अवस्था आएको उनले बताइन्। 

'पाल्नै परे खोरमा पाल्नु भनेका छन्', शान्तिदेवीले भनिन्, ‘झुप्रोले चर्चेको बाहेक एक इञ्च पनि जग्गा छैन कहाँ बनाउनु खोर?’

प्रकाशित मिति: सोमबार, पुस १७, २०७४  १६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्