काठमाडाैं- राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका-६ थानकोट नजिकैको मातातीर्थमा लाग्ने मेला स्थगित गरिएको छ। यस वर्ष वैशाख २८ गते मङ्गलबार आमाको मुख हेर्ने औँसी परेको छ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्दै गएपछि मातातीर्थ मेला स्थगित गरिएको चन्द्रागिरी नगरपालिकाले जनाएको छ। प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन मातातीर्थमा हजारौँ भक्तजनको ओइरो लाग्ने गर्छ।
गतवर्ष पनि कोरोनाकाे कारण मेला स्थगित गरिएको थियो।
आमा नहुने नरनारी औँसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्थे।
यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।