काठमाडौं- दक्षिण पूर्वी एसिया क्षेत्रका ११ देशका स्वास्थ्यमन्त्रीहरूबीच भिडियो कन्फ्रेन्स भएको छ। कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रणका अनुभव आदानप्रदान गर्न स्वास्थ्यमन्त्रीहरूबीच भिडियो कन्फ्रेन्स भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्र हेर्ने कार्यालको पहलमा ११ देशका स्वास्थ्य मन्त्रीहरुबीच अनुभव आदान प्रदान भएको डा देवकोटाले मिडिया ब्रिफिङमा जानकारी दिए।
कन्फ्रेन्समा कुनै पनि स्वास्थ्य सेवा प्रवाहको काम रोक्न नहुने विषयमा छलफल भएको थियो। यसका साथै कन्ट्याक्ट ट्रेसिङमा भएको कठिनाई र यसलाई सामना गर्ने विभिन्न देशको अनुभव आदान प्रदान भएको छ।
अन्य धेरै देशले १४ दिन मात्र क्वारेन्टाइनमा राखेपनि भूटानले भने २१ दिन क्वारेन्टाइनमा राख्ने गरेको जानकारी गराएको थियो। यसैगरी, थाइल्यान्डमा होटल र फिल्ड अस्पतालमा प्रारम्भिक बिरामी वा आशंकितलाई राख्ने गरेको जानकारी गराएको थियो।
डब्लुएचओको सेरोमा, बंगलादेश, भूटान, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, श्रीलंका, थाइल्यान्ड र इस्ट टिमोरलगायतका देश पर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।