काठमाडौं– त्रिवि शिक्षण अस्पताल (टिचिङ)ले कोरोना टेलिहेल्थ सेन्टर सञ्चालनमा ल्याएको छ। अस्पतालले लकडाउनको समयमा फोन, स्काइप तथा एप्स मार्फत बिरामीलाई परामर्श सेवा दिन यस्तो व्यवस्था गरेको हो।
अस्पतालले टेलीफोन मार्फत सेवा लिन २० वटा हटलाइन नम्बर समेत सार्वजनिक गरेको छ। यस्तै जुम तथा स्काइपमार्फत पनि सेवा लिन सकिने अस्पतालले जनाएको छ।
अस्पतालले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जोखिम न्यूनिकरण गर्ने उद्देश्यले सेवाग्राहीहरुका लागि यस्तो व्यवस्था गरेको हो।
यो सेवा लिनका लागि हटलाइनमा आइतबार देखि शुक्रबारसम्म फोन गर्न सकिने छ। अस्पतालले बिहान १० देखि ३ बजेसम्मलाई यस्तो सेवा सञ्चालनमा ल्याएको छ।
यी हुन् हटलाइन नम्बर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।