काठमाडौं- जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आगामी सोमबार बेलुकादेखि मात्रै मौसममा सुधार आउन सक्ने जनाएको छ। शुक्रबारदेखि पश्चिमी वायुसँगै स्थानीय वायु मिश्रितपछि बदली हुँदा देशभर मौसम बदली भएको मौसमविद् गंगा नगरकोटीले बताइन्।
‘शनिबार देशैभर बदली हुँदा आंशिकदेखि सामान्य वर्षा भईरहेको छ। आइतबार तराईमा आंशिक बदली हुने देखिन्छ भने पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य वर्षा हुन सक्छ,’ नगरकोटीले भनिन्।
सोमबारदेखि बेलुकादेखि पश्चिमी वायुको प्रभाव कम हुँदै जाने भएकाले छिटफुट वर्षा मात्रै हुन सक्ने नगकोटीको भनाइ छ।
‘जुन १० अर्थात् मनसुन सुरु नहुँदासम्म प्रि–मनसुनमा बिहान घाम लाग्ने दिउँसो र बेलुका पहाडी क्षेत्रमा हल्का पानी पर्ने भई नै रहन्छ,’ नगरकोटीले भनिन्, ‘यस्तो बेला निरन्तर झरी पर्ने भन्दा छिटफुट वर्षासँगै मेघ गर्जन सहित चट्याङ पर्ने सम्भावना हुन्छ।’(फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।