एजेन्सी – अष्ट्रेलियाली क्रिकेट टोलीमा पूर्व कप्तान स्टिभ स्मिथ तथा ब्याट्सम्यान डेविड वार्नर र क्यामरुन ब्यांक्रफ्टमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुनसक्ने बताइएको छ। क्रिकेट अष्ट्रेलिया (सिए)ले बल टेम्परिङको आरोपमा स्मिथ र वार्नरलाई १२ महिना तथा ब्यांक्रफ्टमाथि ९ महिनाको प्रतिबन्ध लगाएको थियो।
_x000D__x000D_
सिएले गठन गरेको स्वतन्त्र समितिले खेलका दौरानमा उनीहरुको शरीर ‘अहंकारी र नियन्त्रित’ रहेको भन्दै केही मात्रामा मात्रै दोष दिन सकिने उल्लेख गरेको थियो।
_x000D__x000D_
सोही प्रतिवेदनका आधारमा अष्ट्रेलियाली क्रिकेटर संघ (एसिए)ले उनीहरु माथिको प्रतिबन्ध कम हुनसक्ने बताएको हो। एसिएका अनुसार क्रिकेट अष्ट्रेलियाले यस सम्बन्धमा यसै साताको अन्त्यमा निर्णय लिनसक्ने छ।
_x000D__x000D_
सिएको अनलाइन संस्करणमा प्रकाशित समाचारमा, बोर्डले साताको सुरुमै यस सम्बन्धमा सदस्यहरुबीच फोनमा आवश्यक छलफल गर्ने जनाएको छ।
_x000D__x000D_
गएको अक्टोबरमा एसिएका प्रमुख ग्रेग डायरले प्रतिबन्धित खेलाडीहरुमाथिको प्रतिबन्ध पर्याप्त भइसकेको र उनीहरुलाई खेल्न दिनुपर्ने बताएका थिए।
_x000D__x000D_
गत वर्ष दक्षिण अफ्रिकाविरुद्धको टेस्ट म्याचका क्रममा ब्यांक्रफ्टले ‘बल टेम्परिङ’ गरेको टिभी फुटेजमा देखिएको थियो। सो कार्य कप्तान स्मिथ तथा उपकप्तान वार्नरसमेतको छलफलमा सुनियोजित रुपमै अघि बढाइएको भन्दै उनीहरुलाई अष्ट्रेलियाको राष्ट्रिय टोलीबाट खेल्न नपाउनेगरी प्रतिबन्ध लगाइएको थियाे।
_x000D__x000D_
ब्यांक्रफ्टको प्रतिबन्धको समयसीमा आगामी डिसेम्बरमा सकिँदै छ। भने स्मिथ र वार्नरको अझै ४ महिना बाँकी छ। यी तीनै खेलाडी अष्ट्रेलियाली टोलीका प्रमुख खेलाडी हुन्।
_x000D__x000D_
टोलीका प्रमुख खेलाडीमाथि प्रतिबन्ध लागेसँगै अष्ट्रेलियाको क्रिकेट स्तर भने खस्किएको छ। त्यसपछि, उसले इंग्ल्यान्डविरुद्धको एकदिवसीय शृंखला ५–०, पाकिस्तानसँगको दुई खेलको टेस्ट शृंखला १–० र टि–२० शृंखला भने ३–० ले गुमाएको थियो। त्यस्तै, दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृंखला २–१ तथा भारतविरुद्ध भएका सबै शृंखलाहरुमा पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।