काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र शुक्रबार बिहानै अन्य सहकर्मी न्यायाधीशहरुलाई पेशी तोकेर आफू परिवारसहित हेलिकोप्टर चढेर रारा भ्रमणमा निस्किएका छन्।
_x000D_
_x000D_
शुक्रबार दिउँसो ३ बजेसम्म अदालतको इजलास सञ्चालन हुने भएकाले अन्य न्यायाधीशलाई उनले पेशी तोकेका छन्। आज सर्वोच्चमा एकल सहित ९ वटा इजलास तोकिएको छ। उक्त भ्रमणलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलासको निरीक्षण भनिएको छ।
_x000D_
_x000D_
आज १ सय ३१ वटा मुद्दा पेशीमा रहेका छन्।
_x000D_
_x000D_
लामो समयदेखि रोकिएको संवैधानिक इजलास बुधवारबाट मात्र सुरु भएको छ। साताको दुई दिन चल्नुपर्ने संवैधानिक इजलास लामो समयपछि गठन भए पनि एक दिनमात्र पेशी तोकियो।
_x000D_
_x000D_
प्रधानन्यायाधीश मिश्रले 'अदालतको निरीक्षण' उल्लेख भएको उक्त भ्रमणमा श्रीमती, छोरी, ज्वाइँ र भतिजोसमेत रहेको सर्वोच्च स्रोतले जनाएको छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराईको परिवारसमेत रारा भ्रमणमा निस्केको स्रोतले जनाएको छ।
_x000D_
_x000D_
अदालत अनुगमनका लागि यसअघि परिवार र आफू नजिक रहेका व्यक्तिहरु लैजाने चलन छैन। जिल्ला अदालतहरुको भ्रमणका लागि प्रधानन्यायाधीश, अदालतका कर्मचारी र मातहतका उच्च अदालतका न्यायाधीश सानो संख्यामा जाने चलन थियो। तर मिश्रले १६ जनाको जम्बो टोली बोकेर सर्वोच्च अदालतको खर्चमा भ्रमणमा निस्केका हुन्।
_x000D_
_x000D_
यसअघि कामु प्रधानन्यायाधीश रहेको समयमा सेनाको हेलिकोप्टर लिएर दीपकराज जोशी पनि पेशी तोकेर दोलखाको भीमेश्वर दर्शनमा परिवारका सदस्यसहित निस्केका थिए।
_x000D_
_x000D_
करिब डेढ महिना कार्यकाल बाँकी रहेका मिश्रले पनि असअघिका प्रधानन्यायाधीश जस्तै मितव्ययीतालाई मिचेर परिवारसहित अदालतको कर्मचारी बाहेकका व्यक्तिलाई लिएर भ्रमण गरेका हुन्।
_x000D_
_x000D_
सेनाको होलिकप्टरमा गएको मिश्र टोली सुर्खेत-रारा हुँदै जुम्ला पुगेर आजै ३ः४५ मा फर्कने कार्यक्रम रहेको छ।
_x000D_
_x000D_
बिहान ६ः३० बजे उनीहरुको टोली काठमाडौंबाट सुर्खेत प्रस्थान गरेको थियो।
_x000D_
_x000D_
मिश्रको यस्तो कदमपछि अदालतमा आलोचना भएको छ। प्रधानन्यायाधीश हुँदैमा उनले सेनाको हेलिकोप्टरमा गरेको भ्रमणले अदालत मितव्ययी नहुने भनी न्यायाधीशहरुले नै आलोचना गरेका छन्।
_x000D_
_x000D_
रारा भ्रमणका बारेमा जिज्ञासा राख्न खोज्दा सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेल सम्पर्कमा आएनन्। पटक-पटक कल गर्दा पनि उनको मोबाइल उठेन।
_x000D_
_x000D_
कोको छन् टोलीमा?
_x000D_
-प्रधानन्यायाधीश ओमप्रकाश मिश्र
_x000D_
-श्रीमती, भतिजो, ज्वाइँ
_x000D_
-सहप्रवक्ता नागेन्द्र कालाखेती
_x000D_
-मुख्य रजिष्ट्रार राजन भट्टराई
_x000D_
-श्रीमती करुणा भट्टराई कोइराला
_x000D_
-रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायकी श्रीमती
_x000D_
-निजी सचिव खड्ककृष्ण पोखरेल लगायत
_x000D_
_x000D_
यस्तो छ कार्यक्रम
_x000D_
प्रधानन्यायाधीशको उच्च अदालत सुर्खेत, जुम्ला इजलासको निरीक्षण भ्रमण तालिका
_x000D_
काठमाडौबाट सुर्खेत ६ः३०
_x000D_
सुर्खेत ८ः१५
_x000D_
सुर्खेत विमानस्थलमा इन्धन भर्ने ८ः१५ देखि ९ः००
_x000D_
रारा ताल पुग्ने ९ः३०
_x000D_
राराबाट जुम्ला इजलास ११ः३०
_x000D_
जुम्लामा खाना खाने १२ः४५
_x000D_
जुम्लाबाट सुर्खेत १ः१५
_x000D_
सुर्खेतमा इन्धन भर्ने १:५०
_x000D_
सुर्खेतबाट काठमाडौ ३ः४५ बजे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।