बेनी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता चाँडै निष्कर्षमा पुग्ने बताएका छन्। प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब बस्ने बैठकले प्रदेश, जिल्ला र स्थानीय तहसम्म एकताको काम सम्पन्न गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए।
_x000D__x000D_
‘पार्टी सङ्गठनदेखि जनवर्गीय सङ्गठनको एकताबारे गृहकार्य सकिएको छ, अब केही दिनमै पार्टी एकताको प्रक्रियाले नतिजा ल्याउँछ, एकताबाट दायाँबायाँ गर्नसक्ने कुनै ठाउँ छैन’, उनले भने।
_x000D__x000D_
गण्डकी प्रदेशको भाग्यरेखा मानिएको मुस्ताङ र चीनको सिमानामा पर्ने कोरला नाकालाई जतिसक्दो चाँडो सञ्चालनमा ल्याउन पूर्वाधार निर्माणसँगै सरकार तथा पार्टीकातर्फबाट समेत कूटनीतिक पहल भइरहेको अध्यक्ष दाहालले जानकारी दिए।
_x000D__x000D_
यसअघि अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले समाजवादको बाटोमा पार्टी अघि बढ्ने र सरकारका काम कारबाही त्यसै दिशामा उन्मुख हुने चर्चा गरेका थिए।
_x000D__x000D_
यस्तै, म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा नेता दाहालले राज्य र व्यवसायीले एकले अर्कालाई आफ्नो पूरक मान्ने वातावरण सिर्जना गरी उद्योग व्यवसायका क्षेत्रमा बनेका पुराना ऐन संशोधन गर्न आवश्यक रहेकामा जोड दिए।
_x000D__x000D_
गृहमन्त्री रामबहादुर थापाले मूलुकको अबको यात्रा आर्थिक विकास, समृद्धि र सुशासन कायम गर्नमा केन्द्रित हुने बताउँदै स्वदेशमै रोजगारी सिर्जना हुनेगरी लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।
_x000D__x000D_
गत सोमबार म्याग्दी आएका अध्यक्ष दाहाल र गृहमन्त्री थापा आज काठमाडौँ फर्किएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।