विराटनगर– मोरङको रंगेली नगरपालिका–३ बाट मंगलबार राति अढाई किलो गाँजासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
_x000D__x000D_
भारत बंगाल कुस बिहार घर भई हाल आनन्द इँट्टा भट्टामा मजदुरी गर्दै आएका ३० वर्षीय हेमन्त बर्मनलाई प्रहरीले पक्राउ गरेको हो।
_x000D__x000D_
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले बर्मनको कोठामा खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो।
_x000D__x000D_
बर्मनलाई गाँजासहित इलाका प्रहरी कार्यालय रंगेलीमा राखी थप अनुसन्धान भइरहेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।