डोटी– दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा मंगलबार एक बालकको मृत्यु भएको छ।
_x000D__x000D_
जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरी जवान महेन्द्रबहादुर बिष्टका अनुसार पिपल्लास्थित शैलेश्वरी अस्पतालको से१च १९७८ नं को एम्बुलेन्सले ठक्कर दिँदा सोही अस्पतालका निर्देशक आइजङ्ग कुँवरका ८ वर्षीय छोरा इशानको मृत्यु भएको हो।
_x000D__x000D_
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते इशानको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको शैलेश्वरी अस्पतालका डा राजेश बाहुनेले बताए।
_x000D__x000D_
एम्बुलेन्स ब्याक गर्ने क्रममा बालक घाइते भएको एक प्रत्यक्षदर्शीले बताए। एम्बुलेन्सका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि शैलेस्वरी अस्पताल बन्द छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।