काठमाडौं– नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ। सोमबार काठमाडौंको प्रर्दशनीमार्गमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो।
_x000D__x000D_
प्रधानमन्त्री ओलीको तस्बिर प्रयोग गरेर कार्टून बनाईएको पोस्ट फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका काभ्रेका कार्यकर्ता कृष्ण ढकालको रिहाईको माग गर्दै संघले सरकारविरुद्ध आन्दोलन गर्दै आएको छ।
_x000D__x000D_
आन्दोलनकारीले ढकालको तत्काल रिहाई नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।