धनगढी– जिल्ला प्रहरी कार्यालय, कैलालीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ।
_x000D__x000D_
प्रहरीले कञ्चनपुर पुनर्वास–११ बस्ने ३० वर्षीय बिसन लामा र कैलालीको धनगढी उपमहानगरपालिका–३ बस्ने इन्द्रबहादुर गुरुङलाई पक्राउ गरेको हो।
_x000D__x000D_
शंकास्पद अवस्थामा हिँडिरहेको बेला चेकजाँच गर्दा उनीहरुको साथबाट ५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी प्रवक्ता हरिप्रसाद वलीले बताए।
_x000D__x000D_
पक्राउ परेका व्यक्तिहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।