काठमाडौं- कांग्रेस नेता अर्जुनरसिंह केसीले विधान संसोधन गरेरै भएपिन विजयकुमार गच्छादारलाई उपसभापति बनाउनुपर्ने बताएका छन्। तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच भएकाे एकताका समयमा नै उनलाई उप सभापति बनाउने सहमति भएकाे केसीले खुलासा गरेका हुन्। विधानमा उपसभापति बनाउने व्यवस्था नभएपनि संशोधन गर्न सकिने उनको धारणा थियो।
_x000D__x000D_
कांग्रेसकाे अाजको बैठकमा गच्छादारसहित आएका नेताहरुको व्यवस्थापनका विषयमा छलफल हुने सह-महामन्त्री डा प्रकाश शरण महतले जानकारी दिए।
_x000D__x000D_
दिउँसो एक बजेका लागि बोलाइएको बैठक अहिले सम्म शुरू हुन् सकेको छैन।
_x000D__x000D_
बैठकमा महासमिति बैठकको नयाँ मिति तोक्ने, नेबिसंघ विवाद लगायतका विषयमा समेत छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।