माझी बस्ती निर्माणका लागि कोरियाबाट साढे ४ लाख सहयोग

नेपाल लाइभ | २०७५ कार्तिक १७ शनिबार | Saturday, November 03, 2018 १५:४०:३८ मा प्रकाशित

कोरिया- सिन्धुपाल्चोकमा श्वेताश्री फाउन्डेसनले निर्माण गरिरहेको एकीकृत नमुना माझी बस्तीको लागि कोरियामा रहेका नेपालीले सहयोग प्रदान गरेका छन्। कोरियाका नेपाललीले संकलन गरेको ४ लाख ५६ हजार रुपैयाँ आज फाउन्डेसनलाई हस्तान्तरण गरिएको  स्वतन्त्र राष्ट्रप्रेमी अभियानका प्रमुख यम श्रेष्ठले जानकारी दिए। 

_x000D_ _x000D_

कोरियाका नेपालीको संगठन ‘स्वतन्त्र राष्ट्रप्रेमी अभियान’को पहलमा उक्त रकम संकलन गरिएको श्रेष्ठले बताए।

_x000D_ _x000D_

फाउन्डेसनले सिन्धुपाल्चोक साँगाचोक १४ झ्याडीमा (५३ घर) एकीकृत नमुना माझी बस्ती निर्माण गरिरहेको छ। 

_x000D_ _x000D_

उक्त रकम नेपालमा रहेका रामदत्त जोशीमार्फत अध्यक्ष तथा अभिनेत्री श्वेता खड्कालाई हस्तान्तरण गरिएको हो। 

_x000D_ _x000D_

‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ले यसभन्दा पहिला पनि सप्तरीको बर्दिबासमा मुसहर बस्ती निर्माणका लागि एक दिने श्रमदान सहित धुर्मुस सुन्तली फाउन्डेसनलाइ रु १२ लाख, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई १४ लाख रुपैयाँ र सामाजिक अभियन्ता केपी खनालद्वारा बाजुरामा निर्माणाधीन रहेको अनाथालयको लागि २ लाख १२ हजार रुपैयाँ सहयोग गरिसकेको संयोजक श्रेष्ठले जानकारी दिए। 
_x000D_