राजविराज– गैरसरकारी संस्थाहरू नाफामूलक र व्यावसायिक भएको आरोप लागिरहेका बेला त्यस्ता आरोपलाई चिर्न र गैरसरकारी संस्थालाई उद्देश्य अनुसार नै परिचालित गर्ने वातावरण तयार गर्न सप्तरीमा पहिलो पटक नागरिक सम्मेलन सुरु भएको छ। गैरसरकारी संस्था महासंघले आफनो नवौं अधिवेशनको अवसर पारी दुई दिने नागरीक सम्मेलनको आयोजना गरेको हो।
_x000D__x000D_
प्रदेश २ का कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री शैलेन्द्रप्रसाद साहले सम्मेलनको उद्घाटन गरे।
_x000D__x000D_
आइतबारसम्म चल्ने सम्मेलनमा नागरिक स्तरमा रहेको धारणा र गुनासो संकलन गरी गैरसरकारी संस्थालाई विकास–निर्माण तथा समाजिक रुपान्तरणका काममा सहभागी गराउने र गैरसरकारी संस्थाका चुनौती पहिचान गरी त्यसलाई सामना गर्ने विषयमा छलफल हुने आयोजकले जनाएका छन्।
_x000D__x000D_
सम्मेलनमा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सम्वन्धित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक अगुवा, दलित तथा जनजातिका प्रतिनिधिहरु, पत्रकार, नागरिक समाजका प्रतिनिधि, उद्योग वाणिज्य संघ, राजनीतिकर्मी लगायतलाई सहभागी गराइएको छ। उनीहरुको सुझाव संकलन गरी आगामी दिनमा गैससलाई कसरी अगाडि बढाउने भन्ने विषयमा खाका तयार गरिने गैरसकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिए।
_x000D__x000D_
नागरिक सम्मेलनको पहिलो दिन शनिबार महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका सहप्रध्यापक सुरेन्द्रप्रसाद गुप्ताले ‘सामुदायिक विकास र सप्तरीका गैरसरकारी संस्थाको क्षमता अभिवृद्धि’ शीर्षकमा प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल भइरहेको छ। कार्यपत्रमा सप्तरीमा गैरसरकारी संस्थाको अवस्था, तिनीहरुको सबल र दुर्वल पक्ष, गैससका कार्यगत र प्रवृत्तिगत चुनौती र आगामी दिनमा चाल्नुपर्ने कदमका विषय समावेश गरिएको छ।
_x000D__x000D_
सप्तरीका अधिकांश गैरसरकारी संस्थामा संस्थागत र नेतृत्वदायी क्षमताको अभाव, दातामुखी, साझा मुद्दामा संस्था–संस्थाबीच समन्वय र साझेदारीको अभाव, मानवीय श्रोत ब्यवस्थापनको अभाव, स्थानीय श्रोत र साधनको पहिचान र परिचालनको अभाव, सीमित ब्यक्तिको हालिमुहाली, दिगोपनालाई ख्याल नगरी परियोजना सक्ने हतारो, अनुगमन र मूल्यांकनलाई बेवास्ता लगायतको समस्या देखिएको कार्यपत्रमा उल्लेख छ।
_x000D__x000D_
यसैगरी, विषयगत विशेषज्ञताको अभाव तथा बहुदेश्यीय हुनु, दलगत राजनितिलाई सहयोग पुर्याउनु र जनतासँग भन्दा पनि जनताका लागि काम गरेको अहमता गैरसरकारी संस्थाहरुमा देखिएको समस्याका रुपमा कार्यपत्रले औंल्याएको छ।
_x000D__x000D_
प्रायजसो गैसस आफ्नो मौलिक सिर्जनात्मक प्रणालीमा भन्दा दाताहरूको प्रणाली, इच्छा र सर्तका आधारमा सञ्चालित हुने गरेको विषयलाई प्राथमिक्ताका साथ उठाइएको कार्यपत्र माथिको छलफलपछि आगामी दिनमा गैससलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने अध्यक्ष चौधरीले जानकारी दिए।
_x000D__x000D_
सप्तरीमा विधिवत दर्ता भएर कुल ९५ गैरसरकारी संस्था कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।