तुलसीपुर– दाङमा ७ सयभन्दा बढी मुक्त कमैयाले घरबारका लागि जग्गा पाएका छन्। मुक्त कमैया समाज दाङका अनुसार १ हजार ४ सय २६ जनाले मुक्त कमैयाको परिचयपत्र पाएको र तीमध्ये ७ सय ५ जनाले जग्गा तथा जग्गाधनी प्रमाणपुर्जा पाएका छन्। तर, लालपुर्जा पाएकामध्ये १७ जनाले भने जग्गा नपाएको समाजका अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिए।
_x000D__x000D_
सरकारले विवादित जग्गाको लालपुर्जा दिँदा मुक्त कमैयाले जग्गामा आवास र जोतभोग गर्न नपाएको उनको भनाइ छ।
_x000D__x000D_
सरकारले निकै सुस्त गतिमा मुक्त कमैया व्यवस्थापन गरिरहेको भन्दै उनले अझै ३ हजार ३ सय ६५ जना मुक्त कमैयाले कुनै पनि परिचयपत्र पाउन नसकेको दाबी गरे।
_x000D__x000D_
मुक्त कमैयाको व्यवस्थापनमा पटक–पटक आन्दोलन र दबाव दिँदै आएपनि अपेक्षित प्रगति भने हुन नसकेको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।