देवदास फिल्मका निर्देशक सञ्जय लिला भन्साली सधैं अधुरो प्रेमलाई लिएर किन फिल्म बनाउँछन्?

Nepal Live

नयाँ दिल्ली (एजेन्सी)– सञ्जय लिला भन्साली बलिउडका एक मात्र यस्ता निर्देशक हुन, जसले निमार्ण गरेको फिल्मको कथाले सवैको मुटु छुन्छ।

अधुरो प्रेममा आधारित भएर फिल्म बनाउन उनलाई महारथ नै हासिल छ। 

उनको फिल्मको प्रायः कथा असफल प्रेममा आधारित छ। तरपनि बक्स अफिसमा यसले नाटकीय सफलता दिलाउने गरेको छ। 

‘देवदास’ मा मदिरामा लिन देवबाबु होस् वा ‘हम दिल दे चुके सनम’ मा रोमान्टिक किसिमका समीर, दुवै फिल्मका मुख्य अभिनेताको प्रेम कथा अधुरो थियो। 

‘गोलियो कि रासलिला राम–लिला’ मा पनि राम र लिलाको प्रेम कहानी अधुरो नै रह्यो। ‘बाजीराव मस्तानी’ मा पनि यस्तै दृश्य देखियो।

रणवीर सिंह र दीपिका पादुकोणको अनस्क्रिन प्रेम बक्स अफिसमा तहल्का मच्चाउन सफल भयो। 

प्रेम र पीडाको पर्यायी मानिने यी निर्देशक शनिवार ५५ वर्षमा प्रवेश गरेका छन्। उनको जन्म १९६३ मा भएको थियो।

किन उनको फिल्ममा प्रेम, पीडा र विरहको मिलन पाइन्छ?

यो अरुहरूका लागि रोचक विषय बन्न सक्छ।

सञ्जयले केही वर्षअगाडि एक अन्तर्वार्तामा खुलासा गरेका थिए, उनको जीवनमा पनि एउटी युवती आएकी थिइन, जसलाई उनी निकै माया गर्थे। तर, त्यो सम्बन्ध टिक्न सकेन।

उनले आफ्नो जीवन अधुरो भएपनि दुःखदायी नभएको प्रतिक्रिया दिएका थिए।

५० वर्षको हुँदा उनले खुलासा गरेका थिए, ‘म आज जे छु, त्यही प्रेम, वियोग र काम गर्ने हुटहुटीका कारण। मैले प्रेम कथामा आधारित थुप्रै फिल्म बनाए किनभने मलाई माया प्राप्त भएन।’

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार