नयाँ दिल्ली– पश्चिम भारतीय राज्य राजस्थानमा भएको एक सडक दुर्घटनामा परी पाँच शिक्षिका र तीन बालबालिकाको मृत्यु भएको छ।
_x000D__x000D_
शनिबार बस र ट्रक एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तिमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ।
_x000D__x000D_
यस दुर्घटनामा परी कारमा यात्रा गरिरहेका यात्रुहरुको मृत्यु भएको छ। दुर्घटनाग्रस्त कार सामान बोकेर गइरहेको एक ट्रकसँग ठोक्किँदा सो घटना भएको जनाइएको छ।
_x000D__x000D_
शनिबार भएको यस भयानक दुर्घटनामा परी एक विद्यालयका स–साना तीन विद्यार्थी र पाँच महिला शिक्षिकाको मृत्यु भएको एक प्रहरी अधिकारीले जानकारी दिएको छ।
_x000D__x000D_
प्रहरीका अनुसार यी विद्यार्र्थी र शिक्षिका विद्यालयबाट लगिएको वनभोज कार्यक्रममा सहभागी हुनको लागि गइरहेका थिए।
_x000D__x000D_
भारतमा खराव बाटो, क्षमताभन्दा बढी यात्रुको सवार र चालकको लाहरपवाहको कारण बारम्बार सडक दुर्घटना हुने गरेको पाइन्छ।
_x000D__x000D_
भारत विश्वको तुलनामा नै सडक दुर्घटना बढी हुने देशको सुचीमा पर्दछ। रासस
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।