डडेलधुरा– डडेलधुराको अजयमेरु गाउँपालिकाका जनप्रतिनिधिले घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन्।
_x000D__x000D_
साविकका गाउँ विकास समितिहरुले सुरु गर्न नसकेको यो सेवा गाउँपालिका भएसँगै भने सञ्चालनमा ल्याइएको हो।
_x000D__x000D_
पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता घरघरमै गएर वितरण भइरहेको अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट (विकास)ले जानकारी दिए।
_x000D__x000D_
दसैं–तिहारको मुखैमा सामाजिक सुरुक्षा भत्ता घरमै पाएपछि वृद्ध–वुद्धा तथा एकल महिला खुसी भएका छन्। गाउँपालिकाले गतवर्ष पनि सामाजिक सुरक्षा भत्ता घरघरमै गएर वितरण गरेको र शनिबारसम्ममा सम्पूर्ण जनप्रतिनिधिहरुले सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्ने गाउँपालिकाका अध्यक्ष भट्टले बताए।
_x000D__x000D_
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लक्षित वर्गका सबै नागरिक (७० वर्ष माथिका जेष्ठ नागरिक, ६० वर्ष माथिका दलित ज्येष्ठ नागरिक, एकल महिला, पूर्ण अपांगता भएका व्यक्ति, अति अशक्त अपांग र ५ वर्ष मुनिका दलित बालबालिकाहरु) लाई घरघरमा गएर भत्ता वितरण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।