भक्तपुर– दसैं नजीकिँदै गर्दा उपभोक्तालाई ठगिनबाट जोगाउन सूर्यविनायक नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ।
_x000D_नगरपालिकाले आज सल्लाघारी, सूर्यविनायक र चुनदेवी क्षेत्रमा खाद्यान्न, फलफूल, तरकारी र मिठाइ पसलको अनुगमन गरेको छ।
_x000D__x000D_
उपप्रमुख जुना बस्नेतको नेतृत्वमा अनुगमन शाखाका कर्मचारी, स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरी र सञ्चारकर्मीसहितले अनुगमन गरेका हुन्।
_x000D__x000D_
सो क्रममा अधिकांश किराना पसल तथा मिनीमार्ट दर्ताबिना नै सञ्चालन गरेको पाइएको छ। सल्लाघारी क्षेत्रका ठूला र वार्षिक करोडौँका कारोबार गर्ने पसलले नै नगरपालिकामा दर्ता नगरी पसल सञ्चालन गरेको र कर छली गरेको पाइएको उपप्रमुख बस्नेतले बताइन्। ठूला किराना पसल तथा मिनीमार्टमा म्याद गुज्रेका र अखाद्य वस्तुसमेत बिक्रीमा राखेको पाइएको तथा लेवल र मूल्य सूची नराखेको पाइएकाले एक पटकलाई सचेत गराएर छाडिएको छ।
_x000D__x000D_
नगरपालिकाले ५ महीनाअघि पसल दर्ता अभियान नै चलाए पनि साना कारोबार गर्ने अधिकांश पसल दर्ता भएका तर ठूला र करोडौँको कारोबार गर्ने पसल दर्ता नगरेको भेटिएको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।