रुकुम पश्चिममा बलात्कार अभियोगमा एक युवक पक्राउ

Nepal Live

 

मुसिकोट– रुकुम पश्चिममा एक युवक बलात्कार अभियोगमा पक्राउ परेका छन्। रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–५ हुकामका ३० वर्षीय सुविन्द्र घर्ती पक्राउ परेका हुन्। 

मुसिकोट नगरपालिकाकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले बताए। 

पक्राउ परेका घर्तीले पीडित महिलाको एक थान मोबाइल र १६ हजार नगदसमेत चोरी गरेको पाइएको छ।

निजलाई जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत रुकुम पश्चिमबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार