सिंगापुर- अमेरिकी सेयर बजार अमेरिकी वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली सेयर बजारमा बिहीबार देखिएको छ। चीनको सेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र अस्ट्रेलियाको सेयर बजारमा पनि कमी आएको छ।
_x000D__x000D_
चीनको साङ्घाई परिसूचक ५ दशमलव २ प्रतिशत बिन्दुले घटेको छ, र यो नोभेम्बर २०१४ यताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ। जापानको निक्की २२५ अङ्कले घटेको छ। दक्षिण पूर्वी एसियाका अरु बजारमा पनि यस्तै असर देखिएको छ।
_x000D__x000D_
लगानीकर्ताहरु अमेरिकी ब्याजदरमा अरु वृद्धि हुने चिन्तामा डुबेका छन्। यसले कर्पोरेट ऋणको माग बढ्ने तथा आर्थिक वृद्धिमा प्रभाव ल्याउने विश्लेषकहरुको भनाइ छ।
_x000D__x000D_
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर गल्ती गरिरहेको आरोप लगाएका थिए।
_x000D__x000D_
जेपी मोर्गनमा कार्यरत विश्व बजार रणनीतिकार मार्सेला चाउले नियमित ब्याजदर वृद्धिले लगानीकर्तालाई आश्चर्यचकित बनाइरहेको बताए।
_x000D__x000D_
अमेरिकी–चिनीया करवृद्धिको लडाइँले पनि विश्व व्यापार प्रणालीमा असर पारेको छ। ,
_x000D__x000D_
टोकियोको निक्की बिहीबार ३ दशमलव ९ प्रतिशतले घट्दै २२,५९० दशमलव ८६ पुगेको छ भने शाङ्घाई इन्डेक्स २,५८३ मा बन्द भएको छ । हङकङको हाङसेङ २५,२२० दशमलव ६७, दक्षिण कोरियाको कोस्पी २,१२९ दशमलव ६७ तथा अस्ट्रेलियाको एसएन्डपी ५,८८३ दशमलव ८० मा बन्द भएको छ । ताइवान समेतका अन्य मुलुकको सेयर बजारमा पनि मन्दी आएको छ । रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।