काठमाडौं– आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। नेपालले शनिबार भएको आफ्नो दोस्रो खेलमा आयोजक मलेसियालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो।
_x000D__x000D_
मलेसियाले दिएको १ सय १ रनको लक्ष्य १२.४ ओभरमा २ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा कप्तान पारस खड्काले नटआउट ५२ र उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट २७ रन जोडे।
_x000D__x000D_
त्यसअघि बायुमास ओभलमा शनिबार टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम मलेसिया ३ बल खेल्न बाँकी छदा १०० रनमा अलआउट भयो।
_x000D__x000D_
बलिङमा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए। उनले ४ ओभरमा २० रन खर्चिए। सोमपाल कामीले ३ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट हात पारे।
_x000D__x000D_
सन्दीपले १३औं ओभरमा नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए। उनले ४९ रन बनाएर खेलिरहेका साफिक सरिफलाई सोमपाल कामीको हातबाट क्याच गराएका थिए।
_x000D__x000D_
हेर्नुहोस् सन्दीपले लिएका पाँच विकेट भिडियोमा
_x000D__x000D__x000D__x000D__x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
खेलको तस्बिरहरु
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।