काठमाडौं– आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि ६९ खेलाडी बिक्रि भएका छन्। पिपिएलमा सहभागी हुन नाम दर्ता गराएका १ सय १० खेलाडी भने बिक्न सकेनन्।
_x000D__x000D_
आइतबार भएको अक्सनमा विभिन्न ६ टिमले खेलाडी आवद्ध गरेका हुन्। एक टिमले खेलाडी किन्नका लागि १३ लाख खर्च गर्न पाउने प्रावधान थियो। जसअनुसार एक टिमले न्यूनतम १० र अधिकतम १३ खेलाडी आफ्नो टिममा आवद्ध गरे। खेलाडी ३ श्रेणीका थिए। खेलाडीको न्यूनतम मूल्य ३० हजार र अधिकतम मूल्य २ लाख ५० हजार रुपैयाँ थियो।
_x000D__x000D_
अक्सनबाट विराटनगर टाइटान्सले १२, बुटवल ब्लास्टर्सले १३, चितवन राइनोजले १०, धनगढी ब्लुजले १३, काठमाडौं रोयल्सले १० र पोखरा पल्टनले ११ जना खेलाडी आवद्ध गरेका छन्।
_x000D__x000D_
अक्सनमा सहभागी हुन् १ सय ७९ खेलाडीले नाम दर्ता गराएका थिए। क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्ता गराएका थिए। क्विन्स इभेन्ट्सले पिपिएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरेको थियो।
_x000D__x000D_
पिपिएलका लागि एक टिमले न्यूनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी आबद्ध गर्नु पर्नेछ। अक्सनबाट न्यूनतम १० खेलाडी आवद्ध गर्नु पर्नेछ। एक टिमले १ मार्की खेलाडी, २ जना विदेशी खेलाडी र २ जना लोकल प्लेयरलाई पनि राख्नु पर्नेछ। सबै टिमको मार्की प्लेयर घोषणा भइसकेको छ। अब टिमहरुले २ जना विदेशी खेलाडी र २ जना लोकल प्लेयरलाई राख्न बाँकी छ।
_x000D__x000D_
विराटनगर टाइटान्स
_x000D_विराटनगरले अक्सनबाट १२ खेलाडी आवद्ध गर्न सक्यो। तोकिएको १३ लाख नै खर्च गरेको विराटनगरले प्रदीप ऐरीका लागि सवैभन्दा बढी २ लाख ४० हजार रुपैयाँ भाउ लगायो। विराटनगरको स्वामित्व पूर्वक्रिकेटर तथा व्यवसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन्।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
बुटवल ब्लास्टर्स
_x000D_बुटवल ब्लास्टर्सले १३ खेलाडी अक्सनबाट भित्र्यायो। बुटवलका सागर पुनका लागि सर्वाधिक २ लाख ५० हजार रुपैयाँ तिर्यो। उसले तोकिएको भन्दा १० हजार कम खर्च गर्यो। बुटवलको टोली स्वामित्व रामबहादुर विष्टसहितको व्यवसायीको युवा टिम रहेको छ भने मार्की प्लेयर सोमपाल कामी छन्।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
चितवन राइनोज
_x000D_चितवन राइनोजले अक्सनबाट न्यूनतम १० खेलाडी मात्र किन्यो। यद्यपी चितवनले तीन जना खेलाडी महँगो मूल्यमा किन्यो। अनिलकुमार साह, करण केसी र आरिफ शेख समान २ लाख ५० हजार रुपैयाँमा चितवनमा आवद्ध भए। चितवनको स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन्।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
धनगढी ब्लुज
_x000D_धनगढी ब्लुजले अक्सनबाट अधिकतम १३ खेलाडी भित्राउन सफल भयो। धनगढीले आवद्ध गरेका खेलाडी मध्ये सर्वाधिक महँगा खेलाडी विकेटकिपर ब्याट्सम्यान दिलीप नाथ हुन्। उनी २ लाख ४० हजारमा आवद्ध भए। धनगढीको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी छन्।
_x000D__x000D_
_x000D__x000D_
_x000D_
_x000D__x000D_
काठमाडौं रोयल्स
_x000D_काठमाडौं रोयल्सले अक्सनबाट न्यूनतम १० खेलाडी मात्र आवद्ध गर्न सक्यो। काठमाडौंका महँगा खेलाडी बसन्त रेग्मी २ लाख ५० हजारमा आवद्ध भए। काठमाडौंको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छासहितको टोली र मार्की प्लेयर ज्ञानेन्द्र मल्ल छन्।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
पोखरा पल्टन
_x000D_पोखरा पल्टनले ११ जना अक्सनबाट आफ्नो टिममा भित्र्यायो। पोखराले सुरुवातमै रोहितकुमार पौडेल र विनोद भण्डारीलाई समान २ लाख ५० हजार रुपैयाँमा आवद्ध गरेको थियो। पोखराको स्वामित्व व्यवसायी विनायक पोखरेलसहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर छन्।
_x000D__x000D_
_x000D__x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।