सुर्खेत– नेपाली कांग्रेसको विधान संशोधनका लागि कर्णाली प्रदेशबाट सुझाव संकलन गरिएको छ। हिजो र आज दुई दिनसम्म यहाँका अगुवा प्रतिनिधिसँग छलफल गरी सुझाव संकलन गरिएको हाे।
_x000D__x000D_
कर्णालीका दस वटै जिल्लाबाट पार्टीको महाधिवेशन प्रतिनिधि, जिल्ला पार्टी सभापतिहरु, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरु तथा विभिन्न भ्रातृ संस्थाका अगुवा प्रतिनिधिको सहभागितामा दुई दिसम्म छलफल गरेर सुझाव पेस गरिएको छ।
_x000D__x000D_
सुझाव संकलन समितिका संयोजक एवं कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले सुर्खेतमा भएको कर्णाली प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रमबाट निकै महत्वपूर्ण सुझाव आएको भन्दै त्यसलाई केन्द्रमा पेस गरिने बताए।
_x000D__x000D_
उनका अनुसार कर्णालीका कांग्रेस प्रतिनिधिहरुले केन्द्र, प्रदेश र जिल्लामा पद बराबर हुनुपर्ने सुझाव दिएका छन्। पदाधिकारी र सदस्यहरुको संख्यामा पार्टीको सबै तहका संरचनामा एकरुपता हुनुपर्ने सुझाव कर्णालीका प्रतिनिधिबाट प्राप्त भएको नेता विश्वकर्माले जानकारी दिए। ‘पार्टीको सबै तहको संरचना र संख्या बराबर हुने गरी विधान बनाउन सुझाव आएको छ,’ विश्वकर्माले भने।
_x000D__x000D_
त्यसैगरी संविधानको व्यवस्थाअनुसारकै पूर्ण रुपमा समावेशी र समानुपातिक संरचना निर्माण गर्नुपर्ने, प्रदेश र जिल्लालाई अधिकारसम्पन्न बनाउनुपर्ने, पार्टी संगठनलाई गतिशील बनाउनेगरी कार्यक्रमहरु निर्धारण गर्नुपर्नेलगायतका सुझाव प्राप्त भएको कार्यक्रममा सहभगी अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।
_x000D__x000D_
नेता पौडेलले सबैको सुझाव संकलन गरेर नेपाली कांग्रेसको विधानलाई मुलुकका पार्टीमध्ये सबैभन्दा लोकतान्त्रिक, समावेशी र व्यवस्थित बनाइने दावी गरे।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।