काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमण सफल भएको दाबी गरेका छन्। चारदिने भ्रमण सकेर बुधबार राति नेपाल फर्किएका अध्यक्ष प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा चीन जानुअघि राखिएका आफ्ना दुई लक्ष्य पुरा भएको बताए।
_x000D__x000D_
नेपालमा दुई पार्टी एकीकरण भई सिंगो कम्युनिष्ट पार्टी बनेको तथा दुई तिहाई बहुमत प्राप्त स्थायी कम्युनिष्ट सरकार बनेकोमा चीन नेपालसँग सहकार्य गर्न सकारात्मक रहेको दाबी गरे। ‘विकास र समृद्धिलाई दुवै देशले आफ्नो प्रमुख एजेण्डा बनाएको र दुबै देशमा राजनीतिक नेतृत्व र स्थीरता पनि बिस्तारै हुँदै गइरहेकोमा सहकार्य गर्दै अगाडि बढ्ने सहमति तथा समझदारी भएको छ।’, प्रचण्डले भने।
_x000D__x000D_
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौता तथा केही समयअघि मात्रै भएको पारवहन सम्झौताको कार्यान्वयनमा दुबै देशले दृढताका साथ अघि बढ्नेसमेत सहमति भएको उनले बताए। यसका लागि चीनका उपराष्ट्रपतिसँग एक्लाएक्लै २ पटक र सामूहिक रुपमा १ पटक तथा अन्तर्राष्ट्रिय विभागका मन्त्रीसँग भेटवार्ता भएको जानकारी दिए।
_x000D__x000D_
चीनका राष्ट्रपतिसँग किन भेट गर्नुभएन भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेट्ने आफ्नो कार्यतालिका नै नभएको बताए। ‘नानकिङमा आयोजित शान्ति दिवशको कार्यक्रम केन्द्रित रहेर चीन गएको थिएँ। त्यहाँ नै उपराष्ट्रपति तथा अन्य मन्त्रीहरुसँग भेट्ने कार्यक्रम थियो। त्यो पुरा भयो।’
_x000D__x000D_
पश्चिम सेती जलविद्युत परियोजनाबाट चिनियाँ कम्पनी थ्री ग्रजेज फिर्ता भएको सन्दर्भमा उनले आफूलाई फाइदा नपुग्ने भएपछि कम्पनीले हात झिकेको धारणा राखे। ‘थ्री गर्जेज र पश्चिम सेतीको विषयमा हामीले पार्टीभित्र तथा सरकारमा पनि छलफल गर्यौं। त्यो विषयमा उसलाई सरकारले हटाएको भन्दा पनि आफूलाई फाइदा नपुग्ने देखिएकोले कम्पनी आफैं आयोजना निर्माणबाट पछि हटेको स्थिती हो।’
_x000D__x000D_
संविधान दिवसको सबै नेपालीलाई शुभकामना दिँदै अध्यक्ष प्रचण्डले संविधानमा केही आलोचनाहरु आउनु स्वभाविक भएको टिप्पणी गरे। ‘संविधानलाई लिएर असन्तुष्ट शक्तिहरु संविधानको कार्यान्वयनका क्रममा सँगै जोडिएको तथा विकास र समृद्धिका मुद्धामासमेत सँगै सहँडिरहनु भएको छ।’, प्रचण्डले भने, ‘संविधान घोषणा गर्दा पनि केही आलोचनाहरु प्रकाशमा आएका थिए। त्यस्ता आलोचनाहरु नआउने हुन् भने त प्रजातन्त्रको गहना नै रहँदैन।’
_x000D__x000D_
अध्यक्ष प्रचण्ड शनिबार चीन गएका थिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।