काठमाडौं– कालिका मिडियाले मंगलबार ‘कालिका म्युजिक अवार्ड’को मनोनयन सार्वजनिक गरेको छ । आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा आगामी असोज २६ गते प्रदान गरिने अवार्डका लागि अन्तिम मनोनयन सार्वजनिक गरिएको हो।
_x000D__x000D_
गएको १ वर्षमा चर्चित रहेका विभिन्न ३० विधामा अवार्ड प्रदान गरिने छ। १४औं संस्करणको अवार्डका लागि प्रत्येक विधामा उत्कृष्ट ५ सर्जक, कलाकार, गीत तथा फिल्मलगायतको नामावाली सार्वजनिक गरिएको हो।
_x000D__x000D_
वर्षभरि चर्चित तथा सफल गीतसंगीत, रचना, फिल्म तथा कलाकारलाई सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाहमा छनोट गरिएको र दर्शक तथा श्रोताहरुको मतको आधारमा प्रत्येक विधाका सर्वोत्कृष्ट छानिने कालिका मिडियाले जनाएको छ। मनोनयनमा परेका सबै विधामा एसएमएसमार्फत भोट गर्न सकिने छ।
_x000D__x000D_
आधुनिक गीततर्फ ४ विधा, नेपाली चलचित्रका गीततर्फ ४, नेपाली पपतर्फ ५, लोक दाहोरीतर्फ ६ विधामा अवार्ड प्रदान गरिने छ। यस्तै, वर्षका सर्वोत्कृष्ट संगीत संयोजक, वर्षको उत्कृष्ट नव प्रवेशी गीत, युगल गीत, स्वदेश गान, गजल र वर्षको सर्वाेत्कृष्ट गीत साथै म्युजिक भिडियोतर्फ उत्कृष्ट भिडियो सम्पादक, उत्कृष्ट भिडियो, छायांकन, भिडियो नायक र नायिका विद्याको मनोनयन पनि सार्वजनिक गरिएको हो।
_x000D__x000D_
यसैबीच, यस वर्षको ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ भने गीतकार कीरण खरेललाई प्रदान गरिने भएको छ। लामो समय देखि नेपाली गीत रचनामा उल्लेखनीय योगदान पुर्याएको भन्दै खरेललाई सो अवार्ड प्रदान गर्न लागिएको मिडियाले जनाएको छ।
_x000D__x000D_
मनोनयन कार्यक्रम राजधानीमा गरिएपनि अवार्ड वितरण कार्यक्रम भने चितवनको नारायणी कला मन्दिरमा आयोजना हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।