इनरुवा- सुनसरीको कोसी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिस निःशुल्क गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले जनताको सेवालाई सहज बनाउन र करको भार पर्न नदिनका लागि २६ वटा सिफारिस निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए।
गाउँपालिकाले मोही नामसारी तथा मोही बाँडफाँट सिफारिस, निवेदन दस्तुर, कच्ची घर प्रमाणित, बसोबास प्रमाणित, नाम थर उमेर लगायत संशोधन, टिनको छाना भएको कच्ची घर कायम सिफारिस, तीनपुस्ते खुल्ने सिफारिस लगायतमा निःशुल्क गरेको छ ।
त्यसैगरी नागरिकता प्रमाणपत्र, नागरिकता सर्जमीन, नागरिकताको प्रतिलिपि, अङ्गीकृत नागरिकता, वैवाहिक अङ्गीकृत, विवाह प्रमाणपत्र, जन्म प्रमाणित, मृत्यु प्रमाणित, बसाइँसराइ प्रमाणित, अविवाहित प्रमाणित, चारित्रिक एवं सूचीकृत वर्ग सिफारिस कोसी गाउँपालिकामा स्थायी बसोबास नभएको हकमा, कृषिसम्बन्धी सिफारिस बोरिङ गर्नेसमेत, व्यवसाय बन्द गर्ने, नाता प्रमाणित नेपालीमा, नाता प्रमाणित अङ्ग्रेजीमा, नम्बरी जग्गाको रुख काट्ने, विद्युत् सिफारिस लगायतमा निःशुल्क गर्ने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादवले जानकारी दिइन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।