काठमाडौं- आइतबार भृकुटीमण्डपस्थित राष्ट्रिय शभा गृहमा एलजी सिने सर्कल अवार्ड सम्पन्न भएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यता तथा बलिउड अभिनेता गोविन्दा अहुजाको विशेष उपस्थितिमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ कलाकार तथा निर्देशक किशोर राना सम्मानित भए। रानालाई ५१ हजार नगदसहित उक्त अवार्डबाट सम्मान गरिएकाे हाे।
कार्यक्रममा फिल्म ‘तिमिसँग’का अभिनेता नाजिर हुसेनलाई उत्कृष्ट अभिनेता २०७४ काे अवार्ड प्रदान गरियाे भने उत्कृष्ट अभिनेत्रीको अवार्ड फिल्म ‘पञ्चायत’की नीता ढुंगानाले प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।