काठमाडाैं– मण्डला नाटकघरमा शुक्रबारदेखि नाटक‘जालिनी’ को नियमित मञ्चन हुँदैछ।
पत्रकार एवं लेखक धु्रुवसत्य परियारद्वारा लिखित नाटकलाई कलाकार दयाहाङ राईले निर्देशन गरेका छन्।
नाटक ‘जालिनी’का लेखक धु्रुवसत्य परियारको कथासंग्रह ‘कैरन’को कथा ‘जालिनी’मा आधारित छ। परियारका कथाहरूमा ऐतिहासिक मिथ र लोककथालाई समकालिन दृष्टिविन्दुबाट व्याख्या गरिएको पाइन्छ।
नाटकको मुख्य भूमिकामा सिर्जना सुब्बा, विजय बराल, बिनिता गुरुङ र पुष्कर कार्कीको अभिनय रहेको छ। अन्य कलाकारमा इँगिहोपो कोइँच सुनुवार, पुष्कर कार्की, सागर दाहाल, विकास पन्त, सन्जिव राई, दिपक पछलदँग्या, प्रमिला खनाल, शकु शाह, सुदिप खतिवडा, विक्रम श्रेष्ठ, रिजन परियार, कविराज राई, सविन घलान र देविन चौधरी रहेका छन्।
नाटकका निर्देशक दयाहाङ राईको निर्देशनमा यसअघि माइला डटकम, डिग्री माइला, मीत ज्यु, जिरोजिरो जेड, वैतरणी क्याफे, सिरुमारानी, झ्यालिन्चा, क्लब सेभेन जस्ता नाटक मञ्चन भइसकेका छन्।
असोज २१ गतेसम्म नियमिच मञ्चन हुने नाटक साँझ ५ः३० बजेदेखि हेर्न सकिनेछ।
शनिबार भने दिउँसो १ बजेपनि हेर्न सकिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।