एजेन्सी– चर्चित बलिउड अभिनेता सलमान खान र अभिनेत्री दीपिका पादुकोण अब एउटै स्क्रिनमा देखिने भएका छन्।
संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको फिल्म ‘इन्शाअल्लाह’ मा सलमान र दीपिका एकसाथ देखिन लागेका हुन्।
इन्डिया टुडेका अनुसार यतिबेला भन्साली फिल्मको स्क्रिप्ट तयार गर्नमा व्यस्त छन्। समाचार सलमान र दीपिकालाई एउटै फिल्ममा अभिनय गराउन चाहन्छन्।
फिल्ममा अभियन गर्न दुवैले रुचि देखाइसकेको समाचारमा उल्लेख छ।
६ देखि ९ महिनासम्ममा स्क्रिप्ट तयार गर्न लाग्ने अनुमान गरिएको फिल्म ‘इन्शाअल्लाह’ आउँदो वर्षदेखि छायांकनमा जानेछ।
यसअघि फिल्म ‘किक’ र ‘सुल्तान’मा सलमानले दीपिकालाई एकसाथ अभिनयको अफर गरेका समाचार बाहिरिए पनि दीपिका त्यसका लागि राजी थिइनन्। अब भने यो जोडीको स्क्रिन सेयर हेर्न दर्शकले धेरै समय कुर्नुपर्नेछैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।