काठमाडौँ- चीनबाट कार्गो विमान आउन नसकेपछि सरकारले उपहारस्वरुप चीन पठाउन लागेको दोस्रो जोडी एक सिङ्गे गैँडा आज हस्तान्तरण हुने भएको छ।
चीनको गोञ्जाओ सहरमा ठूलो हावाहुरी चलेका कारण त्यहाँबाट गैँडा लैजान आउने कार्गो विमान बिहीबार नेपाल आउन नसकेकाले बिहीबार हस्तान्तरण कार्यक्रम स्थगित भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले बताए। गैँडा हस्तान्तरण कार्यक्रम शुक्रबार साँझका लागि तय भएको उनले जानकारी दिए।
चितवन राष्ट्रिय निकुञ्जबाट ‘मितिनी’ र ‘सोल्टी’ नामका एक जोडी गैँडा चीन पठाउनका लागि मङ्गलबार काठमाडौँ ल्याइएको छ। दुई जोडी गैँडा उपहारस्वरुप चीन सरकारलाई दिने नेपाल सरकारको निर्णयअनुसार पहिलो जोडी गैँडा ‘भद्र’ र ‘रुपसी’लाई गत असार २८ गते चीन पठाइसकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।