विराटनगर– विषादी मिलाइएको पानी सेवनका कारण मोरङ्गको लेटाङ नगरपालिका स्थित एक विद्यालयका २६ विद्यार्थी सिकिस्त भएको छन्। प्रहरीले पानी ट्याङकीमा विषादी हाल्ने व्यक्तिको खोजी अघि बढाएको छ।
विषाक्त पानीका कारण वडा नं ९ जाँतेको श्रीम ाविमा अध्ययनरत विद्यार्थी विरामी परेका हुन्। तीमध्ये २ जनाको अस्वस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय लेटाङ्गका इन्स्पेक्टर युवराज खतिवडाले जानकारी दिए।
बिद्यालयको खानेपानी ट्याङ्कीमा कसैले बिष मिसाइदिएको हुन सक्ने भएकाले अनुसन्धान भइरहेको उनले बताए। विद्यालय नजिकै साईपर मेथिन नामको विषादीको वट्टा फेला परेको छ।
विद्यालयमा रहेको धाराको पानी सेवन गरे लगत्तै श्रृष्टी निरौला र खुस्बु मिश्रलगायतका विद्यार्थीहरुले वान्ता गरेपछि तत्कालै उपचारका लागि उर्लावारीस्थित मंगलवारे प्राथमिक केन्द्र लगिएको थियो।
गम्भिर अवस्थामा रहेका निरौला र श्रेष्ठलाई थप उपचारका लागि विराटनगर पठाईएको खतिवडाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।