काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत र चीन भ्रमणको मिति तय भएको छ। भाद्रको तेश्रो साता भारत तथा असोजको पहिलो साता प्रचण्ड चीन भ्रमणमा जान लागेका हुन्।
भाद्र २२ देखि २७ सम्म उनी भारत भ्रमणमा जाने तय भएको उनको सचिवालयले जनाएको छ। त्यस्तै,१ असोजदेखि चीनको भ्रमणमा जाने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी गराए। उनी करिब एक साता चीनमा बस्नेछन्।
पार्टी एकिकरणपछि प्रचण्ड पहिलोपटक दुई छिमेकी देशको भ्रमणमा जान लागेका हुन्। दुवै देशको भ्रमणमा उच्चस्तरीय भेटवार्ताहरु हुने उनको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।