काठमाडौं–गत आईतबार सार्वजनिक फिल्म कथा काठमाण्डुको एक गीतको भिडियोका कारण अभिनेत्री प्रियंका कार्की यतिबेला आलोचित बन्न पुगेकी छन्। प्रियंकाले भिडियोमा अभिनेता प्रमोद अग्रहरी बरालसँग अनस्क्रिन रोमान्स गरेकी छन्। जहाँ काठमाडौंका होटेल -रेस्टुेन्टमा युवायुवती बिच हुने गरेका अन्तरंग सम्बन्धलाई पर्दामा प्रस्ट्याउने प्रयास भिडियोले गरेको छ।
तर उक्त भिडियोलाई लिएर सामाजिक सञ्जाल र भिडियोको कमेन्ट बक्समा भने प्रियंकाले आलोचना बेहोर्न पुगेकी छन्। उनलाई दर्शकले भिडियोको कामुक अभिनय हेरेर गाली गरिरहेका छन्।
भिडियाेका कारणा प्रियंकाको आलोचना भएकाे पहिलाे पटक हाेइन। यसअघि पनि उनि धेरै पटक हट र कामुक दृष्यहरुका कारण विवादमा आइरहेने अभिनेत्री हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।