काठमाडौं- विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ। ललितपुरस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आइतबार बिहान सिंहको निधन भएको हो।
उनको पशुपति आर्यघाटमा आजै अन्त्यष्टि पनि गरिएको छ। ८२ वर्षीय सिंहको हृदयघातका कारण निधन भएको थियो।
पूर्व राजा ज्ञानेन्द्र शाहको शासनकालमा राजनीतिक दलहरुको चर्को आलोचना गरेपछि सिंह चर्चामा आएका थिए। नेपाली सेनाको पूर्व उपरथी सिंहले लामो समय राजदरबारको सेवामा बिताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।