काठमाडौैं– भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका व्यवसायी पक्राउ परेका छन्। ५५ वर्षिय गेहेन्द्रबहादुर मल्ललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो।
उनलाई सर्वाेच्च दअलालते एक करोड ४ लाख ७५ हजार ४ सय ८८ रुपैयाँ ३६ पैसा जरिवानाको सजाय भएको थियो। २०७३ साल कात्तिक २२ गते सो फैसला भएको थियो।
नेपाल बैंकका कर्मचारीहरुको मिलेमतोमा कमसल धितो राखी कर्जा लिएको अभियोगमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर भएको थियो। पिजी स्टोर्स र सानिमा फर्निचरको नाममा धितोको अस्वभाविक मूल्याङकन गरी नेपाल बैंकबाट २ करोड ९ लाख ५० हजार रुपैयाँ कर्जा लिएका थिए। पछि कर्जा नतिरेपछि मिलेमतो खुलेको हो।
पक्राउ परेका मल्ल डिल्लीबजार कारागार चलान भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।