मस्को– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पप्रति आशंका व्यक्त गरेका छन्।
केही दिन अघि भएको वार्तामा दुई नेताकाबीचमा भएका सहमति ट्रम्पले कार्यान्वयन गर्नेमा उनले आशंका व्यक्त गरेका हुन्। यद्यपि राष्ट्रपति पुटिनले ट्रम्पसँग भएको वार्ता ‘सफल’ भएको टिप्पणी पनि गरेको समाचारमा जनाइएको छ।
रुसका राजदूतहरुको एउटा सम्मेलनमा पुटिनले दुई नेताका बीचमा निकै उपयोगी र अवश्यक सहमति भएको बताएका छन्। आफूहरु द्विपक्षीय हितका विषयमा मिलेर अगाडि बढ्न तयार भएको उनको भनाइ थियो। अमेरिका र रुस दुवै एकापसमा अन्त्यन्त सन्तुष्ट राष्ट्रका रुपमा रहने उनले बताए।
अत्यन्त आलोचक र आक्रमक देखिने पुटिन र ट्रम्पबीच गत सोमबार हेल्सिन्कीमा शिखर वार्ता भएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।